काठमाडौं– आइसर ट्रक तथा बसद्वारा स्कुल बस र सडक सुरक्षा अभियान सम्पन्न गरेको छ । कक्षा ५ देखि माथिका २०० भन्दा बढी विद्यार्थीकाे सहभागितामा ललितपुरको गोदावरीस्थित वज्र एकेडेमीमा सञ्चालित ‘स्कूल बस र सडक सुरक्षा’ सचेतना अभियान सम्पन्न भएको हो । बालबालिकालाई सडक सुरक्षाको महत्व र कार्यक्रमबारे जानकारी गराइएको थियो ।
आइसर बसहरू प्रभावशाली ४० सुरक्षा सुविधाहरू छन् जसमा अतिरिक्त सुरक्षाको लागि रोल–ओभर परीक्षण, थोरै स्टेपमै सजिलो अनबोर्डिङ, अचानक रोकिनका लागि दाँते गार्डहरू, द्रुत निकासीका लागि दोहोरो आपतकालीन ढोका र चिप्लो सडकहरूमा स्थिर ब्रेकिङका लागि एन्टी–लक ब्रेकिङ प्रणाली लगायत समावेश छन् ।
सुरक्षाका यी उत्कृष्ट उपाय र अन्य विभिन्न सुधारहरूले विद्यार्र्थी यातायात र स्कूलबसहरूको लागि आइसरका ट्रक र बसहरूलाई उच्च विकल्पका रुपमा उभ्याएको छ ।


