२०८३ कार्तिक ११ गते मङ्गलबार

थ्री नेसन्स कपको उपाधि जित्नेमा नेपाल विश्वस्त

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, चैत १७
nepal

काठमाडौँ- सन् २०१६ मा २–२ को बराबरी खेलेपछि नेपाली फुटबल टिमले पछिल्लो हप्ता पहिलो पटक बुधबारको खेलमा लाओसविरुद्ध २–० को जित निकाल्यो। त्यसपछि भुटानसँग इतिहासमै सबैभन्दा खराब प्रदर्शन गरेर बराबरीमा रोकियो। यी दुई नतिजा पछिल्लो हप्ताका मात्र हुन्।

खेलाडी पलायनको सिकार भएको नेपाली फुटबल टिमले आज दशरथ रंगशालामा लाओसको सामना गर्दैछ। यो खेललाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले थ्री नेसन्स कपको फाइनल खेलको रुपमा लिइएको बताएको छ।

फिफा विन्डोमा दुई मात्र मैत्रीपूर्ण खेल्न पाइने भएको कारण यो खेल भने आधिकारिक मैत्रीपूर्णमा छैन। यद्यपि दुवै टिमले आजको खेल महत्वपूर्ण रहेको बताएका छन्।

भुटानविरुद्ध खेलेपछि आफ्नो टिमले सुधार गरिरहेको बताएका नेपालका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले राम्रो नतिजा ल्याउने आशा गरेको बताएका छन्।

‘भुटानसँग खेलेपछि हामीले टिममा रिकभर गरेका छौं। साथै टिमलाई लगातार मोटिभेट गरिरहेका छौं। राम्रो रिजल्टको आशा गरेका छौं,’  खेलअघि आयोजित पत्रकार सम्मेलनमा उनले भनेका छन्।

नेपाली टिमका कप्तान तथा नेपालबाट सर्वाधिक खेल खेलेका किरण कुमार लिम्बूले भने यो खेल केही गाह्रो हुने बताए। उनले भने, ‘लाओसविरुद्धको खेल केही टफ हुन्छ भन्ने लागेको छ। नयाँ खेलाडीले गर्दा चुनौती छ नै। सम्हालेर लाने हो। प्रेरणा दिएर लैजाने हो।’

प्रशिक्षक भिन्सेन्जोले आजको खेलमा लागि अन्जन विष्ट पनि उपलब्ध हुने जानकारी दिएका छन्। तर पूजन उपरकोटीको ठाउँमा अरु खेलाडीसँग उतार्ने तयारी रहेको उनले बताए।

‘हामी खेलको लागि मानसिक रूपमा तयार छौँ। सबै खेलाडी र नेपाली फुटबलको लागि राम्रो सन्देश आउनेछ,’ उनले भने। आजको खेलले फिफा वरीयतामा भने असर गर्ने छैन र खेलाडीको आधिकारिक खेल गनिने छैन।

‘वरीयतामा असर नगरे पनि यो खेल मोटिभेसन र सेल्फ कन्फिडेन्सको लागि महत्वपूर्ण छ। थ्री नेसन्स कप हाम्रो लागि महत्वपूर्ण प्रतियोगिता भएको छ,’ कप्तान किरणले भनेका छन्, ‘फाइनल भनेको फाइनल नै हो। हामी सबै रेडी छौं। मेरो टिमबारे म गर्व गर्छु। हामीसँग केही समस्या छैन। म नेपाली खेलाडीको मेन्टालिटीलाई माया गर्छु।’

नेपालले २०७७ को चैतमा पनि बंगलादेश र कीर्गिस्तानको ओलम्पिक टिमसँग थ्री नेसन्स खेल खेलेको थियो। त्यो प्रतियोगिता खेल्दाको तीनचार जना खेलाडी मात्र अहिले टिममा रहेको प्रशिक्षक बताउँछन्।

‘अनन्त(तामाङ), किरण(लिम्बू) अन्जनलगायत रहेका छन्। हाम्रो छिमेकी बंगलादेश र भारतमा खेलाडी परिवर्तन भएका छैनन्। त्यसैले यि खेलाडीलाई मोटिभेसन चाहिन्छ,’ उनले भने।

लाओसविरुद्धको खेलमै डेब्यु गरेका फरवार्ड दिपक राज सिंह ठकुरी अहिले हाइलाइटमा छन्। उनले सहिद स्मारक ए डिभिजन लिगमा पनि राम्रो प्रदर्शन गरिरहेका छन्। यसैले उनले आउँदा खेलमा सुरुआति ११ मा ठाउँ बनाउन सक्ने सम्भावना छ।

‘दुई खेलमध्ये एकमा गोल गरे। त्यसैले त्यो कुरा हुन पनि सक्छ। गोलको कुराले उनी मोटिभेट भएका छन्। हामी टिममा फोकस हुनुपर्छ,’ प्रशिक्षकले भने।

प्रशिक्षक भिन्सेन्जोले सुरुमै आफ्नो टिमले धेरै गोल गर्ने बताएका थिए। यद्यपि सुरुआति दुई खेलमा त्यो देख्न पाइएको थिएन। भुटानविरुद्धको खेलमा त नेपालले अन्तिम मिनेटमा मात्र गोल गरेको थियो।

‘हो, मैले पहिले पनि भनेको थिएँ कि मलाई गोल हेर्न मन पर्छ। तर अहिलेसम्म तीन गोल मात्र भएको छ। तर हामीले गोलको लागि अवसर बनाएको हो नै तर फाइनल टच हुन पाएन्,’ उनले भने।

नेपाल र लाओसबीचको फाइनल खेल आज साँझ साढे ५ बजेबाट दशरथ रंगशालामा सुरु हुनेछ।

प्रकाशित: २०७९ चैत १७ गते शुक्रबार १२:१५
प्रतिक्रिया

थप समाचार

खेलाडी विदेशिएर हायलकायल नेपाललाई उपाधिले राहत

प्रतियोगिता जितेर युवा र नयाँ खेलाडीले भरिएको नेपाली टिमलाई हौसला मिल्ने योजना सफल भएको छ। जितसँगै नेपाली खेलाडीले त्यो भावना व्यक्त गरे। उनीहरुले आफूलाई हौसला दिन आएका ठूलो संख्याका दर्शकलाई...

जितेपनि पोसेसन, कला र कम्बिनेसनमा चुक्यो नेपाल

खेलको १८औं मिनेटमा एरिक विष्टले बक्स भित्रबाट दिएको पासमा पुजन उपरकोटीले गरेको प्रहा पोस्टभन्दा माथिबाट गएको थियो। उनले गोल गर्ने निकै सुनौलो अवसर गुमाएका थिए। त्यसको तीन मिनेटपछि नवीन लामाको...

अनन्त र नवयुगको गोलमा लाओसविरुद्ध नेपालको जित

नेपालका अनन्त तामाङले ३०औँ मिनेटमा र नवयुग श्रेष्ठले ५६ औं मिनेटमा गोल गरेका हुन्। नवीन लामाको कर्नरमा अनन्तले हेडरमार्फत सुरुवाती गोल गरेका थिए। अनन्तको यो नेपालका लागि तेस्रो गोल हो।

लाओसविरुद्ध यस्तो छ नेपालको लाइनअप

उनले सार्वजनिक गरेको सूचीमा किरणकुमार लिम्बू, विकास खवास, अनन्त तामाङ, नवीन लामा, अरिक विष्ट, पुजन उपरकोटी, भरत खवास, नवयुग श्रेष्ठ, आयुष घलान, सनिश श्रेष्ठ र रोहित चन्द मैदानमा हुनेछन्।

खेलाडीमा के खोज्छन् प्रशिक्षक भिन्सेन्जो?

नेपाली टिमका मुख्य प्रशिक्षक नियुक्त भएको पनि १८ दिन मात्र भएको छ। फिफा विन्डोअघि सहिद स्मारक 'ए डिभिजन लिग' भइरहेको कारण भिन्सेन्जोले खेलाडीसित राम्रोसँग समय बिताउन पनि पाएका छैनन्।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना