२०८३ कार्तिक १२ गते बुधबार

‘ग्राहकको रुचिअनुसारका सेवा र अफरमा जोड दिएका छौँ’

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ २७
shovan

सूचना प्रविधिको विकासका कारण दूरसञ्चार क्षेत्र अत्याधुनिक प्रविधिमैत्री बन्नुपरेको छ। नेपाल टेलिकमले पनि आफ्ना सेवालाई गुणस्तरीय बनाउने र सेवामा नागरिकको पहुँच विस्तार गर्ने दुवै काम एकैपटक गर्दै आइरहेको बताइरहेको छ। नेपाल टेलिकमको व्यापार, सेवाको पहुँच तथा गुणस्तर, आगामी कार्ययोजना लगायतका विषयमा नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीसँग नेपाल क्लिक्सका हरिप्रसाद शर्माले गरेको कुराकानी सम्पादित अंश:

मोबाइल सेवामा पहुँच विस्तार भएसँगै इन्टरनेट डाटाका प्रयोगकर्ताहरू पनि बढ्दै गएका छन्। नेपाल टेलिकमको डाटा प्याकहरू महँगो भएको भन्ने प्रश्न उठिरहेको छ। पछिल्लो समय डाटा प्रयोगको अवस्था कस्तो छ? 
टेलिकमको डाटा प्याकको सन्दर्भमा विगत १०/१२ वर्षदेखि ट्यारिफ वा रेट व्यापक रुपमा घटिरहेको छ। पहिला जुन किसिमको रेट थियो, त्यो रेट अहिले १० प्रतिशतसम्मको अवस्थामा आइसकेको छ। त्यो कारणले डाटाको प्रयोग बढ्दै गयो।

हामीले डाटामा विभिन्न ‘भेराइटी’मा पनि ल्याएका छौँ। डाटाको प्याक ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गर्दै टेलिकमले उपभोक्तालाई उपयुक्त हुने गरी डाटा प्याक निर्धारण गरेका छौँ। सँगसँगै कोही ग्राहक डाटा मात्र चलाउनुहुन्छ भने उहाँले  डाटा प्याक मात्र पनि किन्न पाउनुहुन्छ। भ्वाइस कलसँगै डाटा पनि प्रयोग गर्न चाहनेका लागि पनि टेलिकमले कम्बो प्याक ल्याएको छ।

मोबाइल सेवामा पहुँच विस्तार हुँदै गएपछि डाटाको खपत पनि बढेको छ। तर हामीले मूल्य समायोजन गरी बनाएका प्याकमा जसरी मूल्य घटाएका छौँ, त्योअनुसार डाटा खपत चाहिँ बढ्न सकेको देखिएको छैन। कुनै समय टेलिकमको ग्राहक संख्या जुन थियो। डाटाको रेट घटे पनि ग्राहक संख्या बढ्न सकेको छैन। यसर्थ हाम्रो सेवा प्रयोगकर्ता पुरानै हुन्। उनीहरूबाटै त्यो डाटाको खपत भइरहेको छ। नयाँ ग्राहक अपेक्षित रुपले थपिन सकेको देखिएन। हामी संख्याका हिसाबले स्याचुरेसन (परिपूर्णता)को अवस्थामा आइसकेका छौं। रेट घटाएर ल्याएका अधिकांश डाटा प्याक ग्राहकप्रति लोकप्रिय हुँदै गएको देखिन्छ।

टेलिकमले पछिल्लो पटक ग्राहकलाई लागि डाटा र भ्वाइसका के-कस्ता अफर ल्याएको छ?
पछिल्लो पटक सोसल मिडिया प्याक छ। सोसल मिडियाका लागि लक्षित गरेर त्यो प्याकेज ल्याएका छौं।

अर्को, दिनभरका लागि छोटो समयको लागि डाटा प्याक छ। त्यस्तै, अल टाइम डाटा प्याक, सजिलो डाटा प्याक, बढी भोल्यूममा डाटा र भ्वाइसक कल प्रयोग गर्नेहरुका लागि कम्बो डाटा प्याक छन्।

पोस्टपेड ग्राहकका लागि कम्बो डाटा प्याक बढी उपयोगी छ। किनकि कम्बो प्याकमा पोस्टपेडका ग्राहकले तिर्ने रेन्टल चार्ज पनि त्यसैअन्तर्गत समावेश छ।

फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट (एफटीटीएच)का ग्राहकले एक वर्षमा २५ एमबीपीएसभन्दा माथिको ३०० एमबी प्रतिदिनको प्याकेज पाउन सकिन्छ। ग्राहकको रुचिअनुसार विभिन्न भेराइटीमा प्याक तथा अफर दिइरहेका छौं।

भ्वाइस सेवा भन्दा डाटा बढी प्रयोग हुन थालेको छ। यसले टेलिकमको आम्दानीमा चाहिँ कस्तो असर गरिरहेको छ?
डाटा खपत गर्ने बाहिरी सर्भिस तथा एप्लिकेसनहरु सबै टेलिकमले बनाउने होइन। अन्य देशको तुलनामा नेपालमा त्यस्ता सर्भिस बढ्न सकेन। जस्तो नेपाल टेलिकमको नेटवर्क, डिभ्वाइस, एप्लिकेसन, सर्भिसेस पनि ‘इको सिस्टम’का अंगहरु हुन्। तर, बाहिरी मुलुकमा हेर्ने हो भने गेमिङ, कन्टेन्ट नै बढी छ। हामीकहाँ २/४ वटा मात्र कन्टेन्ट छन्। अहिले हेर्ने हो भने हामीले प्रयोग गर्ने भनेको युट्युब, फेसबुक, टिककट नै हुन्। हाम्रा कन्टेन्ड पनि त्यहाँ हुन्छन्, तर एप्लिकेसन र सर्भिस त विदेशी भए।

त्यस्ता सर्भिस वा एप्लिकेसनको प्रयोग गर्दा खपत हुने डाटालाई हामीले ‘इकोनोमी’सँग जोड्न सक्नुपर्छ। सर्भिस जहिले पनि मनोरञ्जनका लागि मात्र हुँदैन। एप्स भनेको पनि मनोरञ्जनका लागि मात्र हुँदैन। आर्थिक क्रियाकलापका दृष्टिले पनि हुन्छन्। त्यस्ता सर्भिस अलि बढे भने डाटाको खपत पनि बढ्छ।

पोस्टपेड ग्राहकका लागि कम्बो डाटा प्याक बढी उपयोगी छ। किनकि कम्बो प्याकमा पोस्टपेडका ग्राहकले तिर्ने रेन्टल चार्ज पनि त्यसैअन्तर्गत समावेश छ।

वि.सं २०१४ देखि यता हेर्यौ भने संसारभर डाटाको रेभिन्यू घटिरहेको छ। त्यसको मुख्य कारण ओभर द टप(ओटीटी) हो। ओटीटी प्लाटफर्मले पूर्वाधार संरचनामा केही पनि लगानी नगर्ने र तयारी संरचनामा चलाउने हुन्छ। चलाउँदा डाटा खपतका हिसाबले फाइदा नै हुन्छ। तर, समग्रमा रेभिन्यू बढ्दैन।

हाम्रोमा वि.सं २०१६ देखि ओटीटी प्लाटफर्म आएदेखि यस्तो देखिएको छ। अहिले भ्वाइस धेरै नै रिप्लेसमेन्ट भइसकेको छ। डाटा सर्भिस र ओटीटीजस्ता प्लाटफर्म त्यति बढ्न पनि सकेनन्। भ्वाइससम्बन्धी ओटीटी हामीकहाँ धेरै आए। त्यसले भ्वाइस रेभिन्यूमा ह्वात्तै गिरावट आयो। तर, डाटा खपत गर्न सक्ने ओटीटी त्यति विकास हुन सकेन। ती दुई कुराहरु मिलेको भए हाम्रो टेलिकमको रेभिन्यू पनि उत्तिकै बढ्न सक्थ्यो।

विश्वव्यापी रुपमा हेर्दा वि.सं २०१४ देखि २०१८ सम्ममा टेलिकम अपरेटरहरुको वार्षिक औसत २० प्रतिशत रेभिन्यू घटिरहेको देखिन्छ। हामी त्यति चाँहि छैनौं। हामी केही ‘सस्टेन्ड’ भएर बसेका छौं। किनभने, पहिला भन्दा घटेपनि हाम्रो भ्वाइसको सर्भिस अहिलेसम्म पनि राम्रै चलिरहेको छ।

फिस्क्ड इन्टरनेट सर्भिसको पछिल्लो अवस्था कस्तो छ? यसको सेवा र ग्राहक संख्या अपेक्षित रुपमा बढ्न नसकेकै हुन्?
फिस्क्ड इन्टरनेट प्रयोगकर्ता अपेक्षित बढ्न नसकेको भन्न नमिल्ला। किनभने, अहिले हेर्ने हो भने करिब ३ लाख बढी कनेक्सन भइसकेको छ। टेलिकमले धेरै नै पछि यो सर्भिस सुरु गरेको हो। हामी २०६६/०६७ देखि यो सर्भिस सेवा ‘म्यासिभ्ली’ थालेको हो। तर, त्यसभन्दा पहिलेदेखि नै एफटीटीएच सेवा थियो। त्यस बेलादेखि अहिले देशभर १५/१६ लाख कनेक्सनको नेटवर्क तयार छ। हामीले नेटवर्क पुर्याइसक्यौँँ। त्यसमा ग्राहक ‘कन्भर्ज’ हुन केही समय लाग्छ नै। त्यसमा पनि हाम्रा विभिन्न प्याकेज छन, ग्राहकलाई फिस्क्ड इन्टरनेटमा थप सुविधा ल्याउने योजना छ।

यहाँले भनेजस्तै अपेक्षित रुपमा बढेको भए पक्कै राम्रो हुने थियो नै। तर, विस्तारै हामी सुधार गरिरहेका छौँ। र, नेपालभरी नै यस्को नेटवर्क पुर्याइसकेको हुँदा भोलिको लागि पनि जुन प्रविधि आए पनि सहयोगी हुनेछ। पहिला हामी ‘कपर’को लाइनबाट टेलिफोन चलायौं। पछि, एडीएसएल त्यसमै आयो। त्यसैले फिस्क्ड इन्टरनेट अहिलेको लागि मात्र होइन, भोलिका लागि पनि यो हाम्रो बलियो पूर्वाधार संरचना तयार भइसकेको छ।

फिस्क्ड इन्टरनेट सेवा विस्तार गर्न केही समय अझै लाग्छ। किनभने, एफटीटीएचको जति नेटवर्क छ, त्यसको आधा र आधाभन्दा केही बढी नेटवर्क हामीले भूमिगत गर्दैछौं। अन्डरग्राउन्ड गर्दा निकायसँग समन्वय गर्नुपर्ने, अनुमति लिनुपर्नेलगायतका कारणले केही समय लाग्छ।

हामीले २०६५/०६६ देखि यो इन्टरनेट सेवा सुरु गरेर अहिले १५/१६ लाख कनेक्सन नेटवर्क तयार भइसकेको छ। यहिले यसको माग पनि बढिरहेको छ। यो इन्टरनेट पाइरहनुभएका ग्राहकले सेवा राम्रो छ भन्ने रेस्पोन्स गर्नुभएको छ। पहिला–पहिला हामी मर्मत र सम्भारमा केही समस्या थियो होला। ग्राहकको आस गरेको समयमा मर्मत गर्न सक्दैनथ्यौं होला।

अहिले हामीले सेवालाई चुस्त बनाउन हामीले विभिन्न ‘मोडल’ हरु अपनाएका छौं। केही आउटसोर्सिङ गरेर भए पनि ग्राहकले भनेको बखत नै मर्मत/सम्भार गर्ने हिसावले अघि बढेका छौं। पहिले भन्दा ग्राहकको सेवा र मर्मतमा हामी बढी चनाखो छौं।

टेलिकमले फोरजीलगायतका अत्याधुनिक सेवा विस्तार गरिरहँदा सेवाको गुणस्तरमाथि ध्यान नदिएको प्रश्न पनि उठ्ने गरेको छ। यसलाई कसरी हेर्नुभएको छ?
टेलिकमको ‘इयर इन्टरफेस’ अर्थात हावाबाट सिंग्नल प्रवाह भएर भइरहेको मोबाइल कम्युनिकेसनमा ‘र्‍यान्डम बेस’ छ। जुन कुरा, हाम्रोमा मात्र होइन, भारतलगायत अन्य मुलुकमा पनि हुन्छ। एउटा वातावरणलाई हिसाब गरेर नेटवर्कको डिजाइन गरिएको हुन्छ। नेटवर्क तत्काल झिकेर वा परिवर्तन गरेर अर्को ठाउँमा हाल्न पनि सकिँदैन। जुन, वातावरण हेरेर नेटवर्क डिजाइन गरिएको हुन्छ, त्यो वातावरण पछि रहँदैन, परिवर्तन हुन्छ।

सँगसँगै भौतिक वातावरण पनि परिवर्तन भइरहेको हुन्छ। एउटा रुख सानो हुन्छ, एक वर्षपछि हुर्केर अग्लो हुन्छ। रुख भनेको नेटवर्कको सिग्नललाई असर गरिरहेको हुन्छ। जहाँ, नेटवर्कको डिजाइन चाहिँ रुख नहुँदै गरिएको हुन्छ। टेलिकमको टावरबाट मोबाइलको कनेक्सन देखिनुपर्छ। टावरबाट नेटवर्कको सिग्नल प्रवाह हुन्छ, बीचमा कंक्रिटको ठूलो र अग्लो घर बन्यो भने नेटवर्क रिफ्लेक्सन भएर आउँदा नेटवर्कले राम्रो काम गर्दैन। यो हामी सबैको समस्या हो। यो भन्दैमा टेलिकम र यहाँका कर्मचारीले काम नगरि बसेको चाँहि होइन।

व्यक्तिगत डाटाको गोपनीयता सुरक्षा गर्ने जिम्मा कानुनले सेवा प्रदायकलाई नै दिएको छ।

हामीले निरन्तर गर्नुपर्ने मर्मत/ सम्भार र नेटवर्कको गुणस्तर परीक्षण गरिरहेका हुन्छौं। जुनसुकै ठाउँमा पनि नेटवर्कको सिग्नलको ‘स्ट्रेन्थ’ के छ भनेर हेर्छौ। यदि, कुनै ठाउँमा नेटवर्क सुधार वा अनुकुलन गर्नुछ भने अर्को वैकल्पिक टावरबाट नेटवर्क दिने वा क्षमता बढाउनेलगायतका काम गरिरहेका छौं। २०७२ सालको भूकम्पपछि काठमाडौंलगायत मुख्य सहरमा टेलिकमको ‘रुफ टप टावर’ नै प्रयोग गर्नुपर्ने हुन्छ।

किनभने, यहाँ खुला ठाउँ कम हुन्छ। तर, अहिलेको अवस्थामा रुफ टप टावर राख्न धेरै गाह्रो छ। कोही कसैले पनि रुफ टावर राख्न चाहनुहुन्न। यस्ता कुरामा ग्राहक र उपभोक्तामा सचेतना जगाउनुपर्छ भनेर हामीले दूरसञ्चार प्राधिकरणलाई पनि भन्दै आएका छौं।

टेरामोक्स प्रविधि नियामक दूरसञ्चार प्राधिकरणअन्तर्गत नियन्त्रण हुनुपर्ने कुरा पेचिलो रूपमा उठिरहेको छ। यसमा टेलिकमलाई के समस्या हुन्छ र?
टेरामोक्स प्रणाली जडान नियामकले गर्नुपर्ने भन्ने कुरामा टेलिकमको दुइवटा समस्या छन। एक, कानुनी समस्या हो। कानुनले कुनै पनि ग्राहको व्यक्तिगत डाटा, त्यो भनेको भ्वाइस रेकर्डिङ होइन। ग्राहकको व्यक्तिगत डाटा भन्नाले मैले हजुरलाई फोन गरेँ। हजुरको नम्बर मेरो नम्बर। मैले कति बजे फोन गरेँ। मैले कुन ठाउँमा बसेर फोन गरेँ। कति मिनेट संवाद गरेँ। त्यो मेरो व्यक्तिगत डाटा हो। त्यो व्यक्तिगत डाटाको गोपनीयता सुरक्षा गर्ने जिम्मा कानुनले सेवा प्रदायकलाई नै दिएको छ।

अदालतको आदेश भएर आएको खण्डमा कुनै अनुसन्धानका लागि मात्र त्यस्ता डाटा सेवा प्रदायकले दिन सक्छ। अन्यथा, त्यस्ता व्यक्तिगत डाटाको गोपनीयताको अधिकार सुरक्षा गर्ने जिम्मा आजको दिनमा नेपाल टेलिकम वा सम्बन्धित सेवा प्रदायककै हुन्छ। हामी अहिले त्यहीँ अनुसार नै अघि बढिरहेका छौं।

दोस्रो, यसमा प्राविधिक समस्या पनि छ। दूरसञ्चार प्राधिकरणले जडान गर्ने जुन सिस्टम ल्याउनु भएको छ, त्यो हाम्रो हरेक उपकरणमा जोड्नुपर्छ। ती उपकरण जतिबेला डिजाइन गरियो, त्यो अहिलेको हाम्रो उपकरणसँग जोड्ने हिसाबले डिजाइन भएको छैन। टेलिकमको मेन उपकरणबाट अर्को उपकरणमा जोडिने ठाउँमा टेरामोक्स पनि समानान्तर रुपमा जोडिनुपर्छ।

टेलिकमको उपकरणबाट अर्को उपकरण समानान्तर रुपमा जोडिँदा सिग्नलको पावर घट्ने समस्या आउँछ। जसका कारण, भोलिका दिनमा टेलिकमको गुणस्तरमा पनि समस्या आउन सक्छ भन्ने हाम्रो कुरा हो। यी दुई कारण नै मुख्य समस्या हुन। त्यसबाहेक अरु समस्या छैन। कानुनले के भन्छ, हामीले त्यहीँ गर्ने हो। हाम्रो नियामक निकायले भनेको कुरा हामीले मान्नुपर्छ।

टेलिकमले दूरसञ्चार प्राधिकरणबाट यसअघि नै फाइभजीको परीक्षण अनुमति पाइसकेको अवस्था छ। तर, फाइभजी परीक्षणको काममा किन ढिलाई भइरहेको छ?
हामीले विभिन्न ४ ठाउँमा फाइभजी परीक्षण गरिसकेका छौं। तीन प्रदेशको ४ ठाउँहरु बागमती प्रदेशमा बबरमहल र सुन्धारा, मधेस प्रदेशको वीरगंजमा र गण्डकी प्रदेशको पोखरामा परीक्षण गरिसकेका छौं। बाँकी प्रदेशमा फाइभजी परीक्षण गर्ने हाम्रो योजना नै थियो।

तर, त्यसका लागि उपकरण ल्याउन ‘इम्पोर्ट लाइसेन्स’ चाहिन्छ। यसका लागि हामीले नेपाल दूरसञ्चार प्राधिकरणलाई चिठी लेखेको पनि धेरै महिना भइसक्यो। अहिलेसम्म पनि त्यो पाइरहेका छैनौँ। इम्पोर्ट लाइसेन्स बिना हामीले उपकरण खरिद गर्न सक्दैनौँ। बाँकी ४ प्रदेशका हकमा हामीले सामान नै खरिद गर्न नसकेको अवस्था हो।

अहिले हामीले गरेको परीक्षणबाट के कुराको अनुभव भयो भने हामीले बोक्ने जुनसुकै मोबाइल सेटहरुमा फाइभजी सजिलै चल्दो रहेनछ। त्यो मोबाइल उत्पादक कम्पनीसँग समन्वय गरेर हामीले उसले त्यो चीज निश्चित डिभाइस हालिदिएपछि मात्र त्यो चल्न थाल्ने रहेछ। त्यस्ता मोबाइल सेट पनि हाम्रोमा धेरै अभाव देखियो। हामीले उत्पादक कम्पनीसँग कुरा गर्दा पनि उनीहरुले ट्रायल (परीक्षण)का लागि भन्दा पनि व्यावसायिक परिनियोजना ‘कमर्सियल डिप्लोयमेन्ट’ खोज्ने रहेछन्।

यसबारेमा हामीले नियामकलाई समेत अनुरोध गरेका थियौं। र, उहाँहरुबाट पनि केही काम अघि बढेको छ भन्ने मैले बुझेको छु। कसरी अघि बढाउने भनेर अध्ययन भइरहेको छ।

टेलिकमको अहिले भइरहेको सेवा र प्रविधिलाई अझ भरपर्दो र गुणस्तरीय बनाउने योजना के छ?
टेलिकमले ग्राहकलाई सर्वसुलभ रुपबाट गुणस्तरीय सेवा दिन अनवरत रुपमा काम गरिरहेको छ। गुणस्तरका विषयमा २/३ वटा कुराहरु सुधार्नुपर्ने रहेछ। एक, हामीले देख्ने कुरा जस्तो मोबाइलेको बेस ट्रासीभर स्टेसन (बीटीएस)देख्छौं। एउटा बीटीएसबाट अर्को बीटीएससम्म सञ्चार हुनलाइ त्यहाँ के–के गर्नुपर्छ? जुन पृष्ठभूमिको कुराहरुलाई ‘ब्याकबोन’ भन्छौँ, ती सबै कुराहरु हामी अपग्रेड गर्छौँ।

नेपाल दूरसञ्चार प्राधिकरणलाई चिठी लेखेको पनि धेरै महिना भइसक्यो। अहिलेसम्म पनि त्यो पाइरहेका छैनौँ। इम्पोर्ट लाइसेन्स बिना हामीले उपकरण खरिद गर्न सक्दैनौँ।

दोहोरो सञ्चारमा बाधा नपुगोस् भनेर वैकल्पिक मार्गबाट पनि काम गरिरहेका हुन्छौंँ। जस्तो कि हाम्रो अप्टिकल फाइबरमा पनि कुनै मूख्य ठाउँहरु जोड्दा ‘मल्टिपल’ सिस्टमबाट बनाउँछौं। ताकि, एउटा नेटवर्कमा समस्या आउने बित्तिकै अर्कोबाट नेटवर्क सजिलै दिन सकियोस्। एउटामा फाइबर काटियो भने अर्कोबाट जाने भयो।

यस वर्ष पनि हामीले अप्टिकल फाइबरको नेटवर्क विस्तार गर्ने, माइक्रो एपको रेडियोलिंकलाई अपग्रेड गर्ने, क्षमता बढाउने, अप्टिकल कै लिंकहरुलाई पनि क्षमता वृद्धि गर्नेलगायतका योजना बनाएका छौं। त्यो बाहेक राजमार्गको कतिपय ठाउँमा नेटवर्कको समस्या छ। त्यस्ता ठाउँमा हुने नेटवर्क समस्यालाई समाधान गर्न हामीले काम गरिरहेका छौं। अर्को, फोरजी सेवा देशभर नै ९९ प्रतिशत काम सकिइसकेको छ। हामीले समस्या आएका ठाउँमा थप बिटिएस अर्थात फोरजीको नेटवर्कलाई ‘इनोडबी’ गर्ने कार्यक्रम पनि छ।

सरकारले दूरसञ्चार ऐन ल्याउने तयारी गरिरहेको छ। यसमा टेलिकमका तर्फबाट सम्बोधन हुनै पर्ने विषय के–के हुन्?
दूरसञ्चार ऐनका सन्दर्भमा टेलिकमलाई अध्ययन गर्न दिइएको छैन। त्यो हिसाबले नेपाल सरकारले ल्याउने विषय हो। यसमा सकेसम्म टेलिकम उद्योगको विकास गर्ने खालका बिषयवस्तु समेटिनुपर्छ।

हामीले संरचना निर्माणमा ठूलो लगानी बढिरहेको छ। किनभने, नयाँ नयाँ प्रविधि आउँदैछन्। त्यसमा हामीले विभिन्न शिर्षकमा तिर्ने राजश्व पनि अझ थपिँदैछ। जस्तो कि पहिले डाटामा टीएसी चार्ज लाग्दैनथ्यो। अहिले डाटामा पनि ‘टीएसी चार्ज’ लाग्छ। यो वर्ष फेरि अप्टिकल फाइबर र सीमकार्डमा पनि अन्तःशुल्कबापत ५/५ प्रतिशत बढेर आएको छ। हरेक पटक हामीले तिर्ने राजश्व वा अन्य रकम बढिरहँदा भोलि गएर यो क्षेत्रको विकास हुँदैन कि भन्ने शंका चाहिँ छ। तर, त्यो पक्कै नेपाल सरकारले हेरेर नै ऐन ल्याउला भन्ने लाग्छ।

अन्त्यमा, यहाँले थप भन्नुपर्ने केही छ कि ?
धेरै कुराहरु त माथि नै आए। हामीले विभिन्न क्षेत्रमा एक्सेस नेटवर्क बढाउने र उपकरण अपग्रेड गर्ने र बीटीएस थप गर्ने कुराहरु हाम्रा योजनामा छन्। त्यसबाहेक हाम्रो ‘भ्यालु एडेड सर्भिस’हरु थप गर्ने योजना छ। फाइभजीको अध्ययन पश्चात हामीले योजना बनाउँदैछौं। अहिले फाइभजी प्रविधि अलिकति महंगो छ। किनभने, संसारमा विकास त बढिरहेको छ। छिमेकी भारतमा पनि फाइभजी प्रविधि बल्ल सुरु भएको छ।

यसको ‘प्लान’ र ‘डिजाइन’ गर्दासम्म हामीले केही सहज पक्कै होला। यो वर्षमा तत्काल हाम्रो फाइभजीको योजना छैन्। तर, निकट भविष्यमा हाम्रो फाइभजीको योजना अघि बढ्छ। टेलिकम क्षेत्रमा तीव्र गतिमा प्रविधि विस्तार भइरहेको छ। हामी पनि त्यसअनुसार नै अपग्रेड हुँदै जानुपर्ने चुनौती छ। हामीमा त्यसलाई सामना गर्ने क्षमता छ।

प्रकाशित: २०८० भदौ २७ गते बुधबार ०७:१०
प्रतिक्रिया

थप समाचार

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...

मेटलाइफ नेपालले सुरु गर्‍यो अनलाइन दाबी ट्र्याकिङ सेवा

काठमाडौँ: मेटलाइफ नेपालले बीमित ग्राहकलाई आफ्नो दाबी प्रक्रियाको अवस्था अनलाइनबाटै हेर्न मिल्ने सेवा सुरु गरेको छ। नयाँ प्रणालीमार्फत ग्राहकले ग्राहक सेवा केन्द्रमा फोन नगरी वा कम्पनीको...

कृषि विकास बैंकको स्मार्ट प्लस एपबाट डिसहोमका सेवा नवीकरण गर्न सकिने

काठमाडौँ: कृषि विकास बैंकको स्मार्ट प्लस मोबाइल एपबाट अब डिसहोमका विभिन्न सेवा नवीकरण गर्न सकिने भएको छ। डिसहोमका अनुसार ग्राहकले एपमार्फत इन्टरनेट तथा आईपीटीभीको संयुक्त प्याकेज, इन्टरनेट...

दराज ११.११ नोभेम्बर १ देखि, ८० प्रतिशतसम्म छुट र थाइल्यान्ड भ्रमण जित्ने अवसर

काठमाडौँ: अनलाइन सपिङ प्लेटफर्म दराज नेपालले तिहार तथा छठलाई लक्षित गर्दै ‘दराज ११.११’ अभियान ल्याउने भएको छ। ‘द बिग बोस इज ब्याक’ नारासहित सञ्चालन हुने यस अभियानमा उपभोक्ताले ८० प्रतिशतसम्म...

नियोफिन हायर पर्चेज एनपीएलको अफिसियल प्लाटिनम क्याप स्पोन्सर

नियोफिन हायर पर्चेज प्रालि नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको अफिसियल प्लाटिनम क्याप स्पोन्सर बन्ने भएको छ। यससम्बन्धमा नियोफिन हायर पर्चेज, क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) र...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना