काठमाडौं– टाटा मोटर्स प्यासेन्जर भेहिकलद्धारा नाडा अटो शोलाई लक्षित गरी बहुप्रतिक्षित तीनवटा गाडीहरु टाटा टियागो इभी र टाटा नेक्सन इभी एक्स जेट प्लस र टाटा पन्च सार्वजनिक गरिएको छ ।
टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले टाटाका बहुप्रतिक्षित गाडीहरु टाटा टियागो इभी र टाटा पन्च नेपाली बजारमा सार्वजनिक गरेको छ । राजधानीको भृकुटीमण्डप स्थित प्रदर्शनी हलमा आजदेखि सुरु भएको १५औ संस्करणको अटो सो ‘टाटा मोटर्स जेन्युइन आयल नाडा अटो सो २०२३’ मा यी उत्पादनहरुको बिक्री वितरण सुरु गरिएको हो ।
अत्याधुनिक जिपट्रन प्रविधियुक्त टियागो इभीमा पाँचवटा मुख्य बिशेषताहरु रहेका छन । जसमा कार्य कुशलता , प्रविधि, विश्वास, चार्जिङ्ग र आरामदायीता रहेका छन । क्रुज कन्ट्रोल सहितको टियागो इभीमा अत्याधुनिक टेलिम्याटिक्स, कन्ट्रयास्ट रुफ, पूर्ण स्वचालित क्लाइमेट कन्ट्रोल, प्रोजेक्टर अटो हेडल्याम्प लगायत बिशेषताहरु रहेका छन् ।
यो गाडीको इन्टेरिएर आरामदायी तथा एक्स्टेरिएर आकर्षक रहेको छ । यस टियागो इभी सिमित अवधिका लागि सुरुवाती मूल्य २१ लाख ९९ हजार रुपैयाँ राखिएको छ भने अन्य भेरिएन्ट हरुको मूल्य यसप्रकार रहेको छ ।
| SN | Model | MRP(rs) |
| 1 | Tiago EV MR XE | 21,99,000 |
| 2 | Tiago EV MR XT | 22,99,000 |
| 3 | Tiago EV LR XT | 25,49,000 |
| 4 | Tiago EV LR XZ± | 26,99,000 |
| 5 | Tiago EV LR XZ± Tech | 27,99,000 |
यस्तै, अर्को गाडी नेक्सन इभी एक्स जेट प्लस को ब्याट्री क्षमता ४०.५ किलोवाट र रेञ्ज ४५३ किलोमिटर रहेको छ । टियागो इभी जस्त अत्याधुनिक जिपट्रन प्रविधि भएको यस एसयुभीको बनावट आकर्षक रहेको छ । आरामको लागि पावर विन्डो र पूर्ण स्वचालित क्लाइमेट कन्ट्रोल लगायत अन्य विशेषताहरु भएको नेक्सन इभी एक्स जेट प्लसले अन्य भन्दा उत्कृष्ट सुरक्षाको प्रत्याभूति गर्दछ । सुरक्षाको लागि यसमा एन्टी–लक ब्रेकिङ्ग सिस्टम, चाइल्ड सेफ्टी लक, ट्रयाक्सन जस्ता व्यवस्थाहरु छन् । नेक्सन इभी म्याक्स एक्स जेड प्लसको सुरुवाती मूल्य ४५.९९ लाख राखिएको छ ।


