काठमाडौं – नेपाल आयल निगमले पेट्रोल र डिजलको मूल्य बढाएको छ।
निगमनले पेट्रोलमा एक रुपैयाँ प्रतिलिटर, डिजल र मट्टीतेलमा तीन रुपैयाँ प्रतिलिटर मूल्य बढाएको हो।
बढेको मूल्यअनुसार काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य एक लिटरको १८३ रुपैयाँ पर्ने निगमले जनाएको छ।
यसैगरी, चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा १८० रुपैयाँ ५० पैसा र सुर्खेत र दाङ क्षेत्रमा १८२ रुपैयाँ प्रतिलिटर पर्ने छ।
खाना पकाउने ग्यासको मूल्य भने यथावत् रहेको निगमले जनाएको छ।
भारतीय आयल कर्पोरेसन (आइओसी)ले पठाएको नयाँ मूल्यसूची अनुसार निगमले पेट्रोल, डिजल र मट्टीतेलको भाउ बढाएको हो।
निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर १ रूपैयाँ १२ पैसा र डिजलमा दुई रूपैयाँ ९१ पैसा बढाएर पठाएको थियो।



