काठमाडौँ- सिटिजन्स बैंक इन्टरनेसनलले ५.७९ प्रतिशत लाभांश वितरणका लागि प्रस्ताव गरेको छ। भदौ ३१ गते बिहान १० बजे बसेको सञ्चालक समितिको बैठकले यस्तो प्रस्ताव गरेको हो।
सञ्चालक समितिको निर्णयअनुसार उसे लाभांश प्रस्ताव गरिएको जानकारी नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड र सीडीएस एन्ड क्लियरिङ लिमिटेडलाई पनि दिएको छ।
‘आव २०७९/८० को वितरण योग्य मुनाफाबाट २०५० आषाढ मसान्तको चुक्ता पुँजी रु. १४ अर्ब २० करोड ९ लाख ७४ हजार ६ को ५.७९ प्रतिशतले हुन आउने ८२ करोड २१ लाख ६१ हजार ६५२.९६ नगद लाभांश दिने प्रस्ताव गरिएको व्यहोरा अनुरोध गर्दछु,’ बैंकले ती निकायलाई लेखेको पत्रमा उल्लेख छ।
प्रस्तावित नगद लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको साधारण सभाबाट स्वीकृत भएपछि वितरण हुनेछ।



