२०८३ साउन १३ गते बुधबार

बाल सुधारगृहमा १८ वर्ष माथिकालाई राख्दा झडप हुन थाल्यो : एड्भोकेसी फोरम

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज ५
jayendubalsudhar

काठमाडौँ- मानवअधिकारवादी संस्था एड्भोकेसी फोरमले १८ वर्षमाथिको उमेर समूहका व्यक्तिलाई पनि राख्दा पटकपटक झडप हुन थालेको बताएको छ।

शुक्रबार विज्ञप्ति जारी गर्दै नाबालिगहरूलाई १८ वर्ष माथिको उमेर समूहका व्यक्तिसँग राख्दा समस्या निम्तिएको उल्लेख गरेको हो।

‘१८ वर्षभन्दा बढी उमेर पुगेकालाई समेत नाबालकहरूसँगै राखिँदा पनि समस्या उब्जेको हो भन्ने हाम्रो निष्कर्ष रहेको छ,’ फोरमका निर्देशक विकास बस्नेतले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

बाल सुधारगृहमा क्षमताभन्दा बढी बालबालिका राखिएको र दैनिक रूपमा दिइने खाजा, खाना र पानी गुणस्तरीय एवं पोषणयुक्त नरहेको, शिक्षा तथा स्वास्थ्य उपचार र सीपमूलक तालिमको अभाव रहेको फोरमले औंल्याएको छ।

भक्तपुर बालसुधार गृहमा भदौ ३ गते १८ वर्षीय बालकको समयमै उपचार नपाउँदा मृत्यु भएपछि बालकहरू तोडफोडमा उत्रिएको र परिस्थिति नियन्त्रणभन्दा बाहिर गएको फोरमको भनाइ छ।

बालसुधार गृह छोडेर उनीहरु भागेपछि प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेको थियो। पछि उनीहरूलाई देशका विभिन्न स्थानका बालगृहमा स्थानान्तरण गरिएको थियो।

भक्तपुर बालसुधार गृहका १४ जना बालकलाई वीरगञ्ज, १४ जनालाई हेटौँडा, १३ जनालाई भैरहवा र ६ जनालाई डोटीको बाल सुधारगृहमा सारिएको थियो।

भक्तपुरकै बालकहरूको समूह वीरगञ्ज पुगेपछि भदौ २६ गते वीरगञ्ज बालसुधार गृहमा ढुंगामुढा र तोडफोडको घटना भएको थियो। घटनामा संलग्न १५ बालकलाई अहिले जिल्ला प्रहरी कार्यालय पर्सा हिरासतको महिला सेलमा राखिएको छ।

त्यस्तै, नेपालगञ्जमा असोज ४ गते रातिदेखि दुई पक्षबीच भएको झडपमा एक बालकको मृत्यु भएको र ११ जना बालकहरू घाइते भएका छन्। दुई सय ५४ थुनुवा रहेको सुधार गृहमा १८ वर्षमाथिका एक सय ६५ थुनुवा छन्।

बालसुधार गृहहरूमा भएको बालकहरूको मृत्यु तथा तोडफोडको घटनाप्रति एड्भोकेसी फोरमले चिन्ता व्यक्त गरेको छ। घटनाले देशभरिका सुधार गृहहरूको अवस्था सामान्य नरहेको र त्यसलाई समाधानका लागि तत्काल कदम चाल्न जरूरी रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ।

घटनाहरूका सम्बन्धमा सत्यतथ्य अनुसन्धान गरी दोषीमाथि कारवाही गर्न, बाल न्यायसम्बन्धी कानून तथा संयन्त्रहरूको प्रभावकारी र व्यावहारिक रूपमा कार्यान्वयन गर्न, उचित भौतिक पूर्वाधार निर्माण गर्न, पर्याप्त पोषणयुक्त खाजा तथा खानाको प्रबन्ध गर्न, शिक्षा तथा सीप विकास तालिमको व्यवस्था गर्न फोरमको सुझाव छ।

उमेर वर्गीकरण गरी बालबालिकालाई छुट्टाछुट्टै सुधारगृहमा राख्न र बालसुधार गृहहरूमा भएका समस्याहरूको पहिचान गरी यथाशीघ्र निराकरण गर्न पनि उसको माग छ।

प्रकाशित: २०८० असोज ५ गते शुक्रबार ०२:२७
प्रतिक्रिया

थप समाचार

५ बुँदे मागसहित लघुवित्त पीडितहरू दुई दिनदेखि आमरण अनसनमा

काठमाडौँ: लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति, नेपालले सञ्चालन गरिरहेको लघुवित्त पीडितहरूको सामूहिक आमरण अनशन दोस्रो दिनमा पुगेको छ। काठमाडौँकाे माइतीघरमा जारी आन्दोलनमार्फत...

विश्वप्रसिद्ध गढीमाई मन्दिरमा चोरी: चाँदीको मुकुट र सुनका गहनासहित बहुमूल्य सामग्री गायब

रौतहट: बाराको महागढीमाई नगरपालिका–१ बरियारपुरस्थित विश्वप्रसिद्ध धार्मिक पर्यटकीय स्थल गढीमाई मन्दिरमा ताला तोडेर बहुमूल्य गहनाहरू चोरी भएको छ। गत साउन १० गते आइतबार राति अज्ञात समूहले...

११ करोड २१ लाखमा बनेको देवघाटको शवदाहगृह पीपीपी मोडलमा सञ्चालन गरिने

चितवन: देवघाटमा निर्माण गरिएको शवदाहगृह सार्वजनिक–निजी साझेदारी(पीपीपी) ढाँचामा सञ्चालन गरिने भएको छ। शवदाहगृह सञ्चालन गर्न बढी खर्चिलो हुने भएपछि सार्वजनिक–निजी साझेदारी ढाँचामा सञ्चालन...

४ करोड खर्चेर ललितपुरको २१ नम्बर वडामा हुँदैछन् यी कामहरू

काठमाडौँ: ललितपुर महानगरपालिका वडा नं. २१ ले चालु आर्थिक वर्षका लागि प्राप्त करिब ४ करोड रुपैयाँको बजेटलाई विभिन्न क्षेत्रका विकास तथा संरक्षण योजनामा विनियोजन गरेको जनाएको छ। वडाले पूर्वाधार...

सुनसरीको देवानगन्जमा कर्फ्यु कायमै

सुनसरी: सुनसरीको देवानगन्ज घटनाका विषयमा उत्पन्न विवादपछि जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा (कफ्र्यु) आज पनि जारी छ। सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछानेका अनुसार त्यस...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना