२०८३ कार्तिक १२ गते बुधबार

चाडपर्वको मुखमा मूल्यवृद्धि अचाक्ली, झारा टार्ने अनुगमन

 |  हरिप्रसाद शर्मा
Sanket

हरिप्रसाद शर्मा

काठमाडौँ, असोज ९
price_hike

काठमाडौँ– झन्डै एक महिनाअघि ९२ रुपैयाँ पाइने चिनी एक किलोग्राम चिनी किन्न अहिले उभपोक्ताले १५० रुपैयाँसम्म तिर्नुपरेको छ। जीराको मूल्य दोब्बरभन्दा बढीले वृद्धि भएर १२ रुपैयाँ प्रतिकिलोसम्म पुगेको छ। चामल, दाल, फलफूल, अण्डा र तरकारीको मूल्य पनि उसैगरी आकासिएको छ।

खुद्रा व्यापारीले अहिले एक किलो चिनीलाई १३० देखि १५० रुपैयाँसम्म लिइरहेका नेपाल खुद्रा व्यापार संघको भनाइ छ। चिनीको मूल्य अचाक्ली बढेपछि संघले चिनीको खुद्रा बजार बिक्री मूल्यसूचीमा चिनीको मूल्य राख्न नै छोडिसकेको छ। कारण हो- खुद्रा मूल्य तोके पनि साना खुद्रा व्यापारीले आफूखुसी मूल्यमा चिनी बिक्री गरिरहनु।

‘चिनीको अहिले कुनै ‘रेट’ नै छैन्। बजारमा मनलाग्दी रुपमा चिनीको खुद्रा मूल्य छ। कसैले १३० रुपैयाँ केजीमा पनि किनेका छन्,’ संघका कार्यकारी सदस्य ध्रुव अधिकारीले भने, ‘संघले मूल्यसूचीमा चिनीको रेट नै राख्न छोडिसक्यो।’ उनका अनुसार केही व्यापारीले १५० रुपैयाँसम्म लिएर चिनी बिक्री गरेको उनको भनाइ छ।

सरकारले चिनी आयातका लागि कोटा प्रणाली लागू गरेको छ। थोक व्यापारीले सरकारले चिनी आयातका लागि सरकारले बेलामा अनुमति नदिएका कारण बजारमा चिनी अभाव पनि भएको र मूल्यवृद्धि पनि अचाक्ली भएको आरोप लगाइरहेका छन्।

चिनी।

अत्यधिक मूल्यवृद्धि भएको अर्को उपभोग्य वस्तु हो, जीरा। २०८० बैशाखमा करिब ५५० रुपैयाँ प्रतिकिलोपर्ने जीराको मूल्य दोब्बरभन्दा बढी पुगेको छ। अहिले जीरा(गेडा) मसलाको खुद्रा मूल्य साढे १२ सयसम्म पुगेको छ।

चामलको मूल्य पनि आकासिएको छ। ३० केजीको सोना चामलको खुद्रा मूल्य १९५० पर्छ। खुद्रा पसलेले बिक्री गर्दा सोना चामलको मूल्य २ हजारसम्म लिने गरेका छन्। एक महिना अघि सोही चामलको खुद्रा मूल्य १४५० देखि १५०० सम्म मात्र पर्ने गरेको थियो।

२०८० बैशाखमा करिब ५५० रुपैयाँ प्रतिकिलोपर्ने जीराको मूल्य दोब्बरभन्दा बढी पुगेको छ। अहिले जीरा(गेडा) मसलाको खुद्रा मूल्य साढे १२ सयसम्म पुगेको छ।

स्ट्रिम सोना ३० केजीको चामलको थोक मूल्य नै २१५० सम्म छ। खुद्रामा बिक्री गर्दा २२०० सम्म पर्ने गरेको छ।

एक महिनाअघिसम्म उक्त चामलको थोक मूल्य १९५० सम्म पर्ने गथ्र्यो भने खुद्रामा २ हजार देखि २०५० रुपैयाँ मूल्य पर्ने गरेको थियो।

संघका अनुसार, पछिल्लो एक महिनामा सबैखाले चामलको मूल्य बोरामै डेढ सय देखि २०० रुपैयाँसम्म बढेको छ।

त्यस्तै, चना, रहर दाल, राजमालगायतका गेडागुडीको मूल्य पनि बढेको बढ्यै छ। तरकारी तथा फलफूलको मूल्य पनि उसैगरी आकासिइरहेको छ।

कालीमाटी तरकारी तथा फलफूल बजारका अनुसार अघिल्लो वर्ष २०७९ को असोज ८ को तुलनामा यस वर्ष प्याज, लसुन, लोकल गोलभेडा, टनेल गोलभेँडा, बन्दा, मूला, अदुवा, हरियो खुर्सानी, स्याउ, केरालगायतका वस्तुको मूल्य बढेको छ।

कालीमाटीको असोज ८ गतेको मूल्यसूचीअनुसार, अघिल्लो वर्ष २०७९ असोज ८ मा २५ रुपैयाँ प्रतिकिलोपर्ने गोलभेडा सानो(लोकल)को मूल्य एक वर्षपछि दोब्बरले बढेको छ। २०८० असोज ८ गतेको मूल्यअनुसार उक्त गोलभेडाको मूल्य प्रतिकिलो५० रुपैयाँ छ।

अघिल्लो वर्ष सोही समयमा ३३ रुपैयाँ प्रतिकिलो पर्ने गोलभेडा सानो(टनेल)को मूल्य एक वर्षपछि सोही अवधिमा ७० रुपैयाँ पुगेको छ। त्यस्तै, ३७ रुपैयाँ प्रतिकिलोपर्ने सुकेको प्याज अहिले ७० रुपैयाँ पुगेको छ।

अघिल्लो वर्ष ५५ रुपैयाँ प्रतिकिलोपर्ने बन्दा (लोकल)को अहिले सोही अवधिमा ५५ रुपैयाँ पुगेको छ।

त्यस्तै, ३५ रुपैयाँ पर्ने मूला रातोको मूल्य एक वर्षपछि सोही अवधिमा ७६ रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा १७५ रुपैयाँ प्रतिकिलोपर्ने रातो बन्दा २०८० को असोज ८ आइसक्दा ३५० पुगेको छ।

अघिल्लो वर्ष २७५ रुपैयाँसम्म पाइने फुजी स्याउ एक वर्षपछि अहिले ३३५ रुपैयाँ पुगेको छ।

अहिले चिनीको खुद्रा मूल्य डेढ सय रुपैयाँसम्म पुग्ने अवस्था सरकारकै कारण निम्तिएको उनको आरोप छ।

अघिल्लो वर्ष अदुवा ६५ रुपैयाँमा प्रतिकिलोमा पाइनेमा अहिले मूल्य बढेर १७५ रुपैयाँ पुगेको छ। त्यस्तै, लसुन सुकेको नेपालीको मूल्य अघिल्लो वर्षको सोही अवधिमा २४५ रुपैयाँ प्रतिकिलोपर्नेमा अहिले मूल्य बढेर २६६ रुपैयाँ पुगेको छ। चाइनिज लसुनको मूल्य पनि अघिल्लो वर्षको तुलनामा यसवर्ष बढेर आएको छ।

त्यस्तै, अहिले बजारमा कुखुराको अण्डा, मासुलगायतको मूल्य उच्च रुपले बढेको छ। २०८० भदौ ३ गतेपछि कुखुराको अण्डा प्रतिगोटाको मूल्य २० पुगेको छ।

मध्यम साइजको अण्डाको प्रतिक्रेट ४७० रुपैयाँसम्म पर्छ। अण्डाको मूल्य समायोजन हुनुअघि प्रतिक्रेट मध्यम साइजको अण्डाको मूल्य ४१० रुपैयाँ थियो।

अण्डासँगै ब्रोइलर कुखुराको मासुको मूल्य पनि बढेको छ। एक महिनाअघि ३४० देखि ३६० रुपैयाँ पर्ने ब्रोइलर कुखुराको तयारी मासुको मूल्य अहिले ४२० रुपैयाँ पुगेको छ।

खाद्यान्न, फलफूल, तरकारीजन्य वस्तुदेखि अन्य वस्तुको मूल्य वृद्धि हुँदा पनि सरकार भने बेखबर छ। महंगी र मूल्यवृद्धि नियन्त्रणमा सरकार चुकेको छ। चाडपर्व आएपछि मात्र अनुगमनको झारा टार्ने गरिएको छ। मूल्यवृद्धि नियन्त्रण र गुणस्तर कायम राख्ने नियमनकारी निकायले गरेको अनुगमनको प्रभाव बजार देखिँदैन।

उपभोक्ताकर्मी भन्छन्- हाम्रो कुरा सरकारले सुन्दैन
पछिल्लो पटक बढेको अस्वाभाविक रुपमा बढेको मूल्यवृद्धि नियन्त्रणका लागि सरकारले पहल नै नगरेको उपभोक्ता अधिकारकर्मीको गुनासो छ।

उपभोक्ता अधिकारकर्मीहरू मूल्यवृद्धि नियन्त्रणका लागि सरकारलाई पटक पटक लिखित र मौखिक रूपमा ज्ञापनपत्र बुझाए पनि सरकारले नसुनेको राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन बताउँछन्।

‘हामीले सरकारलाई अहिलेको बजार र मूल्यवृद्धिको सन्दर्भमा ४ महिना अघिदेखि नै बजारमा आपूर्ति व्यवस्थापन गर्न, मूल्य नियन्त्रणमा ल्याउन र, सरकारी संयन्त्रलाई चुस्त राख्न सरकारालाई आग्रह गरेका थियौँ,’ महर्जन भन्छन्, ‘चाडको मुख पारेर मूल्यवृद्धि गराउने कुरा नियमित नै भइसक्यो।’

भारतले चिनी र चामललगायतका खाद्य सामान निर्यातमा बन्देज लगाइसकेपछि गत साउन २० गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर सातबुँदे सुझावपत्र बुझाएको उनले बताए।

‘जसमा चामल १ लाख मेट्रिक टन, धान १० लाख मेट्रिक टन, चिनी १ लाख मेट्रिक टन र गहुँ ३ लाख मेट्रिक टन तत्कालै आयात गरेर आपूर्ति व्यवस्थापनलाई सुदृढ गर्ने काम गरियो भने उपभोक्ताले राहत पाउँछ। अन्यथा, उपभोक्तालाई महंगीको मर्का पर्ने कुरा हामीले भनेका थियौं।’ उनले भने, ‘जुन, कुरा अहिले आएर प्रमाणित भइसकेको छ।’

अहिले चिनीको खुद्रा मूल्य डेढ सय रुपैयाँसम्म पुग्ने अवस्था सरकारकै कारण निम्तिएको उनको आरोप छ।

अस्वाभाविक मूल्यवृद्धिका कारण उपभोक्तालाई परेको मारप्रति दुःख व्यक्त गर्दै उनले भने, ‘दुःख त यसअर्थमा लाग्छ कि त्यतिबेला नै हाम्रो कुरा सरकारले सुनेन्।’

मूल्यवृद्धिबारे के भन्छ वाणिज्य विभाग?
चाडपर्वकै मुखमा हुने मूल्यवृद्धि रोक्न नियमनकारी निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग असक्षम देखिएको छ। एक त चाडपर्व आएपछि झारा टार्ने अनुगमन हुन्छ, अर्कोतिर विभागले जहिल्यै कर्मचारी अभावलाई कारण देखाउने गरेको छ।

यसपाली पनि वाणिज्य विभागले चाडपर्वलक्षित अनुगमन सुरु गरिसकेको छ।

संयुक्त बजार अनुगमन कार्ययोजनाअनुसार १० वटा समूह बनाएर बजार अनुगमन गरिरहेको विभागका महानिर्देशक तीर्थराज चिलुवाल बताउँछन्।

बजारमा सबै वस्तुको मूल्य नबढेको उनको भनाइ छ। तर, केही वस्तुको मूल्यवृद्धि के कारणले बढेको हो र कुन तहमा बढेको छ भनेर अनुगमन गरिरहेको उनी बताउँछन्।

‘सबै वस्तुको मूल्य बढेको होइन, तर केही वस्तुको जस्तो कि अहिले असाध्यै बाहिर आएको चिनीको मूल्य बढेको हो। बजारमा चिनिको अभाव र उपलव्धता पनि कम भएको अवस्थामा मूल्य अलिकति बढेको जस्तो देखिएको छ,’ उनले भने, ‘हामीले कुन लेयर(तह)मा बढेको हो भनेर एक ‘टीम’ गठन भएर त्यसले अध्ययन गरिरहेको छ।’

अहिले बजारमा वस्तुको उपलब्धता हुनु नै महत्वपूर्ण भएको उनी बताउँछन्। ‘अहिले बजारमा कतिपय वस्तुका प्रतितपत्र(एलसी) नै खोलिएका छैनन्। किन खोलिएको छैन, भन्दा अहिलेको अर्थतन्त्र र मुलुक मन्दीको अवस्थामा भएर नै हो,’ उनले भने, ‘अहिले माग पनि त्यत्तिकै कम छ।’

मूल्यवृद्धि नियन्त्रण र उपभोक्तालाई गुणस्तरीय वस्तु उचित मूल्यमा उपलब्ध गराउन सरकारका निकाय र सम्बद्ध निकायहरु अनुगमनलगायतमा खटिएको उनले बताए।

प्रकाशित: २०८० असोज ९ गते मङ्गलबार ०५:२०
Sanket

हरिप्रसाद शर्मा

शर्मा अर्थराजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
प्रतिक्रिया

थप समाचार

विदेशी खेलाडी ल्याउँदा भिसा, कर र भुक्तानी जटिलताले फ्रेन्चाइजलाई चुनौती

विदेशी खेलाडीले २५ प्रतिशत कर तिर्नुपर्ने व्यवस्था, व्यावसायिक भिसाको अभाव र पर्यटक भिसामा प्रवेश गरेपछि भिसा परिवर्तन गर्नुपर्ने प्रक्रियाले अन्तर्राष्ट्रिय खेलाडीको सहभागिता व्यवस्थापन...

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...

नीतिगत दरले बैंकको ब्याजदेखि बजारसम्म कसरी असर गर्छ?

नीतिगत ब्याजदर भनेको केन्द्रीय बैंकले अर्थतन्त्रमा कर्जा र पैसाको प्रवाहलाई प्रभावित गर्न निर्धारण गर्ने प्रमुख ब्याजदर हो। नेपालमा यस्तो दर नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत प्रयोग...

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

३ हजारको सामान किनेकी सन्तमायाले जितिन् १० लाख, १ लाख जित्ने १६ जना को? [सूची]

काठमाडौँ: नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गरेर लिएको बिलका आधारमा १० लाख रुपैयाँ जितेकी छन्। आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत गोलाप्रथाबाट...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना