काठमाडौँ– काठमाडौँ महानगर र अभियन्ता ई:का प्रतिनिधिबीचको वार्ता निष्कर्षविहीन भएको छ।
मंगलबार दिउँसोदेखि राति अबेरसम्म छलफल हुँदा पनि वार्ताले निष्कर्ष निकाल्न नसकेको हो।
राष्ट्रिय सभा गृहमा भएको वार्तामा महानगरको वार्ता टोली र ई:का प्रतिनिधि सहभागी थिए।
महानगरबाट प्रवक्ता नवीन मानन्धरको नेतृत्वमा र ई:का तर्फबाट गोविन्द नारायणलगायत सहभागी थिए।
महानगरले सडक व्यवसायीलाई व्यापार गर्न दिने समय र स्थान पहिचान गर्न पहल गर्ने प्रस्ताव गरेको बताएको छ।
अहिले ई: र व्यवसायीहरू राष्ट्रिय सभा गृहबाहिरै छन्। लामो समयसम्म उभिएका कारण ईःको स्वास्थ्यमा कठिनाइ आएको छ।
तर बुधबार साँझसम्म १९९ घण्टा पुग्ने भएकाले त्यसबेलासम्म आफ्नो आन्दोलन जारी रहने बताएका छन्।
ई:ले ८ दिनदेखि उभिएर काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र उपमेयर सुनीता डंगोललाई चुनावी वाचापत्र सम्झाएका हुन्।


