२०८३ कार्तिक २१ गते शुक्रबार

तिहारमा पाँच लाख पाला बजारमा पठाइँदै, माटो अभावले उत्पादनमा चुनौती

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक २१
pala

काठमाडौँः तिहारमा माटोका पालाको माग बढेसँगै भक्तपुरका कुमाले समुदायलाई उत्पादन र बिक्रीको चटारो छ । गत वर्षको तुलनामा यस वर्ष माटोका पाला बढी बजारमा पठाइएको व्यवसायीले बताएका छन् । तर, मागअनुसार उत्पादन बढाउन आवश्यक माटो नै सहज रूपमा उपलब्ध नहुँदा परम्परागत पेसा संकटमा पर्न थालेको उनीहरूको गुनासो छ ।

माटोका पाला बनाउने व्यवसायमा तीन दशकभन्दा बढी समयदेखि संलग्न रोशन प्रजापतीका अनुसार गत वर्ष करिब तीन लाख पाला बजारमा पठाइएकोमा यस वर्ष पाँच लाख हाराहारीमा पठाइएको छ ।

‘गत वर्ष तीन लाखजति पाला पठाएका थियौँ, यसपालि पाँच लाखजति गयो,’ उनले भने ।

उनका अनुसार तिहारका लागि पाला उत्पादन गर्न ६ देखि ७ महिनाअघिदेखि नै तयारी गर्नुपर्छ । उत्पादनका लागि आवश्यक माटोको व्यवस्था गर्नसमेत १५–१६ दिनअघि नै पहल गर्नुपर्ने अवस्था छ । अहिले माटोको अभावका कारण मागअनुसार उत्पादन गर्न कठिन भइरहेको उनले बताए ।

प्रजापतीका अनुसार पालाको थोक मूल्य प्रतिगोटा दुई रुपैयाँ छ । पछिल्लो समय झिलिमिली बत्तीको प्रयोग बढे पनि माटोका पालाको माग भने कायमै रहेको उनको भनाइ छ ।

यस्तै, माटोका पाला बनाउँदै आएका रमण बुद्धिराम प्रजापतीले पनि कच्चा पदार्थको अभाव र बढ्दो लागतले व्यवसायमा समस्या थपिएको बताए । उनका अनुसार अहिले एक दर्जन साना पालाको मूल्य ४० रुपैयाँ छ ।

पहिले आफैँ माटो खोजेर ल्याउने गरे पनि अहिले किनेर ल्याउनुपर्ने अवस्था रहेको उनले बताए । माटो लिन कहिले गोकर्ण त कहिले अन्य स्थान पुग्नुपर्ने भएकाले ढुवानी खर्चसमेत बढेको उनको भनाइ छ ।

‘पहिले माटो किन्नुपर्दैनथ्यो, आफैँ लिएर आउँथ्यौँ । अहिले सबै माटो किन्नुपर्छ । लिने ठाउँ पनि छैन,’ उनले भने ।

सानो पाला बनाउन करिब एक मिनेट र ठूलो पाला बनाउन दुईदेखि तीन मिनेट लाग्ने उनले बताए । तर, उत्पादन लागत बढे पनि बिक्री मूल्यले अपेक्षित आम्दानी दिन नसकेको उनको गुनासो छ ।

माटोका दियो तथा अन्य सामग्री बिक्री गर्दै आएकी विष्णुलक्ष्मी प्रजापतीका अनुसार तिहारमा एकमुखे, चारमुखे पाला र पानसलगायत सामग्रीको माग हुने गरेको छ । उनका अनुसार साना पालाको खुद्रा मूल्य प्रतिदर्जन ३५ देखि ४० रुपैयाँसम्म छ भने थोक मूल्य प्रतिगोटा करिब दुई रुपैयाँ ५० पैसा पर्छ ।

उनले पनि माटोको अभावलाई व्यवसायको मुख्य चुनौतीका रूपमा औँल्याइन् । पहिले सहजै माटो संकलन गर्न सकिने भए पनि अहिले किलोका हिसाबले किन्नुपर्ने अवस्था आएको उनको भनाइ छ ।

यद्यपि, झिलिमिली बत्तीको प्रयोगले माटोका पालाको बिक्रीमा केही असर पारेको उनको अनुभव छ ।

तिहारमा लक्ष्मीपूजाका दिन माटोका पाला बाल्ने धार्मिक तथा सांस्कृतिक परम्परा रहँदै आएको छ । विद्युतीय बत्तीको प्रयोग बढ्दै गए पनि परम्परागत पाला प्रयोग गर्ने चलन पूर्ण रूपमा हटेको छैन ।

व्यवसायीका अनुसार माटोको सहज उपलब्धता, उचित मूल्य र ढुवानी व्यवस्थापन गर्न सके परम्परागत पेसालाई निरन्तरता दिनुका साथै बढ्दो मागअनुसार उत्पादनसमेत विस्तार गर्न सकिन्छ ।

प्रकाशित: २०८३ कार्तिक २१ गते शुक्रबार ०४:३६
प्रतिक्रिया

थप समाचार

नेप्से सुधारमा नयाँ सीईओको योजना, इन्ट्राडे र सर्ट सेलिङ कारोबारको अध्ययन गरिने

काठमाडौँः नेपाल स्टक एक्सचेन्ज (नेप्से) का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रताप सुवेदीले पुँजी बजार सुधार र लगानीकर्ताको विश्वास अभिवृद्धिलाई प्राथमिकतामा राख्दै विभिन्न योजना...

विपद्पछिको पुनर्निर्माणका लागि ४ देखि ५ अर्ब डलर आवश्यक पर्ने देखिन्छ: अर्थमन्त्री

अर्थमन्त्री स्वर्णिम वाग्लेले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विपद्पछिको उद्धार, राहत, पुनरुत्थान तथा पुनर्निर्माणका लागि सरकारले आवश्यक स्रोतसाधनको व्यवस्था गर्ने बताएका छन्। हिमालमा...

तिहार अघि बढेर बन्द भयो नेप्से, कारोबार रकम भने घट्यो

काठमाडौँः हिन्दु धर्मावलम्बीहरूको दोस्रो ठूलो चाड तिहार अघिको कारोबारमा सेयर बजार सकारात्मक भएर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात् बिहीबार घटेर बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)...

ग्लोबल आइएमई बैंकले १२ तले अत्याधुनिक कर्पोरेट भवन बनाउँदै, भूमिपूजा सम्पन्न

ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौँको उत्तरढोकामा आफ्नो अत्याधुनिक कर्पोरेट भवन निर्माणको काम अघि बढाएको छ। शुक्रबार निर्माणस्थलमा आयोजित एक समारोहबीच बैंक सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद...

युवालाई स्वदेशमै उद्यम गर्न प्रोत्साहन गर्ने लक्ष्यसहित ‘स्टार्टअप नेपाल समिट–२०२६’ सुरु

काठमाडौँः युवालाई स्वदेशमै उद्यम गर्न प्रोत्साहित गर्दै स्थानीय स्रोतसाधनको उपयोगमार्फत रोजगारी सिर्जना गर्ने उद्देश्यले ‘स्टार्टअप नेपाल समिट–२०२६’ को प्रदेशस्तरीय अभियान पोखराबाट...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
himali_hydro
शेयर बजार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना