२०८३ कार्तिक ११ गते मङ्गलबार

ओलीले उद्घाटन गरेको अढाई वर्ष बित्दा पनि सकिएन धरहराको काम

 |  हरिप्रसाद शर्मा
Sanket

हरिप्रसाद शर्मा

काठमाडौँ, असोज ११
inaguration-of-dharahara1

काठमाडौँ- २०७२ वैशाख १२ गतेको भूकम्पले ढलेको धरहरा ‘बनाइसकेको’ भनी उद्घाटन भएको अढाई वर्ष पुगेको छ। तर निर्माणको काम भने अझसम्म पनि सकिएको छैन।

वि.सं २०७५ वैशाख १२ गते निर्माणको शिलान्यास गरिएको धरहरा २०७८ वैशाख ११ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए।

केपी ओलीले आफ्नो सत्ताको कुर्सी अप्ठेरोमा परेको बेला हतारहतार धरहरा उद्घाटन गरेका थिए। तर त्यसबेला आधा मात्र काम सकिएको आयोजनाकै एक उच्च अधिकारीको भनाइ छ।

‘प्रधानमन्त्रीले नै दबाब दिएपछि सामान्य कर्मचारीले नगर्ने भन्ने कुरा भएन,’ ती कर्मचारी भन्छन्, ‘त्यसबेला उहाँ हतारमा हुनुहुन्थ्यो। तर सर्वसाधारण धरहरा चढ्न पाउने कहिले हो भन्ने अझसम्म भन्न सकिन्न।’

धरहरा उद्घाटन गरेको अढाई महिनामा केपी शर्मा ओली नेतृत्वको सरकार ढलेको थियो। २०७८ असार २९ गते प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवा नियुक्त भएका थिए।

धरहरा बनाइरहेको निर्माण कम्पनी रमन कन्ट्रक्सनले विभिन्न बाहना बनाएर विगतमा ५ पटकसम्म म्याद थप गराएको छ। कोरोना महामारी, आर्थिक संकट, तरलताअभावलगायतका कारण देखाउँदै रमनले म्याद थप गराउँदै आएको छ।

रमनले भने ठेक्का सम्झौताभन्दा बढी काम दिइएकाले बढी समय लागेको जिकिर गर्दै आएको छ।

धरहरा ढलेपछि २०७२ फागुन ४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ‘म बनाउँछु, मेरो धरहरा’ अभियान सुरु गरेका थिए। उक्त अभियानबाट करिब २५ करोड रुपैयाँ संकलन भएको थियो।

धरहरा पुनःनिर्माणको काम अन्तिम चरणमा पुगेको निर्माण कम्पनी रमनले दाबी गरेको छ। उसका अनुसार धरहराको पुनर्निमाणको ९० प्रतिशत काम सम्पन्न भएको छ।

धरहराको पूर्वाधार र संरचनागत काम सकिइसकेको र रंगरोगन तथा फिनिसिङको काम भइरहेको निर्माण कम्पनीतर्फका आयोजना प्रमुख रमेश पौडेलले नेपाल क्लिक्सलाई जानकारी दिए।

‘धरहराको पुनःनिर्माणको काम ९० प्रतिशत सकिइसकेको छ। चाँडै सम्पूर्ण काम सकाएर ‘ह्यान्डओभर’ गर्ने तयारीमा छौँ,’ उनले बताए।

धरहराको टावर र भूमिगत पार्किङतर्फको भाग दसैँअघि नै बुझाउने तरखरमा रहेको उनले बताए। ‘फाइनल रङरोगन, बगैँचा निर्माणलगायतका कामहरु अहिले भइरहेको छ,’ उनले भने, ‘टावरतर्फको हिस्सा दसैँअघि नै बुझाउँछौँ।’

सर्वसाधारण भने दसैंअघि धरहरा चढ्न पाउने छैनन्। निर्माण कम्पनीले मंसिरभित्र धरहरा सरकारलाई बुझाएपछि बल्ल सर्वसाधारणका लागि खुला गर्ने प्रक्रिया सुरु हुनेछ।

‘सर्वसाधारणका लागि त अर्को नयाँ वर्ष नै कुर्नुपर्ला। किनकि, हामीले हस्तान्तरण गरेपछि सबैका लागि खुलाउन पनि विभिन्न प्रक्रिया पूरा गर्नुपर्छ। तर त्यो चाहिँ सरकारले आफ्नो अनुकूलतामा गर्न सक्छ,’ उनले बताए।

धरहराको कुल लागत ३ अर्बभन्दा बढी लाग्ने अनुमान छ।

पटक पटक धरहरा पुनर्निमाणमा देखिएको ढिलाइका कारण आयोजनाको लागत पनि बढेको छ।

यसअघि राष्ट्रिय पुनर्निमाण प्राधिकरणले हेर्दै आएकोमा उसको म्याद २०७८ पुस ९ मा सकिएपछि स्वतः खारेज भएको थियो। प्राधिकरणपछि सहरी विकास मन्त्रालयले पुननिर्माणको बाँकी सुपरीवेक्षण र जिम्मेवारी लिएको छ।

मन्त्रालयको सहरी विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइलाई सुपरीवेक्षण गर्ने जिम्मा दिइएको छ।

यसअघिको ९ तलाको धरहरा अहिले २२ तलामा पुनर्निमाण भएको छ।

विभिन्न ठाउँमा ५ वटा लिफ्ट चढेर धरहराको ‘टप’ मा जान सकिन्छ भने धरहराको बेसमेन्टमा तीनतलाको अन्डरग्राउन्ड पार्किङसमेत बनिसकेको छ।

पार्किङसँगै आकर्षक बगैँचा, चमेना गृह, आरामस्थलसहित आकर्षक संरचनाहरु रहनेछन्।

प्रकाशित: २०८० असोज ११ गते बिहिबार ११:५२
Sanket

हरिप्रसाद शर्मा

शर्मा अर्थराजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
प्रतिक्रिया

थप समाचार

विदेशी खेलाडी ल्याउँदा भिसा, कर र भुक्तानी जटिलताले फ्रेन्चाइजलाई चुनौती

विदेशी खेलाडीले २५ प्रतिशत कर तिर्नुपर्ने व्यवस्था, व्यावसायिक भिसाको अभाव र पर्यटक भिसामा प्रवेश गरेपछि भिसा परिवर्तन गर्नुपर्ने प्रक्रियाले अन्तर्राष्ट्रिय खेलाडीको सहभागिता व्यवस्थापन...

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...

नीतिगत दरले बैंकको ब्याजदेखि बजारसम्म कसरी असर गर्छ?

नीतिगत ब्याजदर भनेको केन्द्रीय बैंकले अर्थतन्त्रमा कर्जा र पैसाको प्रवाहलाई प्रभावित गर्न निर्धारण गर्ने प्रमुख ब्याजदर हो। नेपालमा यस्तो दर नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत प्रयोग...

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

३ हजारको सामान किनेकी सन्तमायाले जितिन् १० लाख, १ लाख जित्ने १६ जना को? [सूची]

काठमाडौँ: नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गरेर लिएको बिलका आधारमा १० लाख रुपैयाँ जितेकी छन्। आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत गोलाप्रथाबाट...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना