पर्सा- पर्सा प्रहरीले बिल बिजकभन्दा बढीको सामान बोकेको मालबाहक ट्रक नियन्त्रणमा लिएको छ।
मंगलबार राति साढे ९ बजे प्रहरीले वीरगन्ज महानगरपालिका-१४ गण्डकस्थित सडकखण्डबाट ना३ख ३९४९ नम्बरको मालबाहक ट्रक नियन्त्रणमा लिएको हो।
पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाका अनुसार उक्त ट्रकमा ५८ लाख १६ हजार ६२८ रुपैयाँ बराबरको कस्मेटिक तथा खुद्रा सामानहरू थिए।
बिल बिजक शंकास्पद देखिएपछि उक्त ट्रक नियन्त्रणमा लिएर बुधबार राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको थापाले बताए।


