दैलेख- बाँके बालसुधार गृहबाट भागेका एक बालबन्दी दैलेखमा फेला परेका छन्।
प्रहरीका बन्दोबस्तीका सामानसहित दैलेखको जंगलमा लुकेर बसेको अवस्थामा उनी पक्राउ परेका हुन्।
बाँके डुडुवा गाउँपालिका-६ आसमानपुर हिरमिनियास्थित जयन्दु बाल सुधारगृहमा झडप हुँदा उनी भाग्न सफल भएका थिए।
दैलेख महाबु गाउँपालिका-२ ठेगाना भएका उनी भागेपछि खोज्नका लागि प्रहरी परिचालन गरिएको थियो।
उनलाई खोज्न बाँके प्रहरी र प्रहरी चौकी गैडाबाजबाट प्रहरी खटिएको थियो।
प्रहरीलाई देखेपछि बालबन्दी आत्तिए। झोला फाली भागे।
यसपछि प्रहरीले उक्त झोला जाँच गरे। झोलामा हतियार र गोलीलगायतका सामग्री थिए।
झोलामा एक थान चाइनिज पेस्तोल र त्यसको ६ राउन्ड गोली थियो।
बुधबार बिहान महाबु गाउँपालिका-२ टुसारापानीबाट म्याग्जिन २ थान, पेस्तोल र गोली बरामद भएको हो।
यसका साथै हत्कडी १ थान र चेस्ट प्लेटमा प्रसनि लेखिएको कालो चुस्ता १ जोर पनि बरामद गरेको छ।
यसपछि प्रहरीले ती बालबन्दीलाई खोज्न थाल्यो। उनी महावु गाउँपालिका-२ मात्मको जङ्गलमा लुकिछिपी बसेको अवस्थामा भेटिए।
उनको साथबाट २ थान मोबाइल र ५० रूपैयाँको रिचार्ज कार्ड ११ थान पनि प्रहरीले नियन्त्रणमा लियो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
