सुनसरी- गाडीले ठक्कर दिएर भएको दुर्घटनामा परी सुनसरीमा दुई वर्षीय बालकको मृत्यु भएको छ।
भोक्राहा नरसिंह गाउँपालिका-१ ढोकस्थित ३६ वर्षीय राम दास शर्माको घरमा पार्किङ गरी राखेको को.१ च ७२५३ नम्बरको गाडीब्याक गर्ने क्रममा ठक्कर दिएको हो।
दुर्घटनामा परी राम दासकै २ वर्षीय छोरा आशिशको बुधबार बिहान मृत्यु भएको हो।
ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा मृत्यु भएको हो।
गाडी चालकलाई प्रहरीले नियन्त्रण लिएर अनुसन्धान थालिएको सुनसरी प्रहरीले जनाएको छ।
