काठमाडौँ- राष्ट्रिय फुटबल टिमका फरवार्ड विमल घर्तीमगर अस्ट्रेलियाका लागि उडेका छन्।
नेपाल सुपर लिग एनएसएल खेल्न ललितपुर सिटी एफसीमा आबद्ध हुने सम्झौता रद्द गर्दै अस्ट्रेलिया लागेका हुन्।
सन् २०१३ को साफमा १५ वर्षको उमेरमा राष्ट्रिय टिमबाट अन्तर्राष्ट्रिय खेलमा गोल गरेर उनी चर्चामा आएका थिए। उनी अन्तर्राष्ट्रिय गोल गर्ने नेपालका कम उमेरका खेलाडी बनेका थिए। नेपालका लागि उनले ३९ खेलमा ९ गोल गरेका छन्।
पछिल्लो समय फुटबल मैदान छोडेर अस्ट्रेलिया पलायन हुने क्रम बढेको छ।
दिनेश राजवंशी, सुमन अर्याल, मिक्छेन तामाङ, हेमन्त थापामगर, नितिन थापा, तेज तामाङ, अभिशेक रिजाल, दिपकसिंह ठकुरी, विमल राना, रेजिन सुब्बा, पुजन उपरकोटी, निशान खड्का, रवि पासवान लगायतका ३५ भन्दा बढी खेलाडीहरू विदेशिएका छन्।


