काठमाडौं- नेपाल आयल निगमले आइतबार राति १२ बजेबाट पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता हुने जनाएको छ।
आइतबार एक विज्ञप्ति जारी गरी निगमले शनिबार गरिएको मूल्यवृद्धि फिर्ता भएको जनाएको हो।
प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशन बमोजिम स्वचालित मूल्य यथावत् हुने गरी मूल्यवृद्धि फिर्ता गरिएको निगमले जनाएको छ।
शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाएको थियो।



