काठमाडौँ– नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)ले कनेक्ट आईपीएसमार्फत् हवाईजहाजको टिकट किन्दा दुई सय रुपैयाँ क्यासब्याक पाइने अफर ल्याएको छ।
जहाजको टिकट किन्नेमध्ये गोलाप्रथा गरी हरेक हप्ता २०० जनाले रु २०० क्यासब्याक पाउने अफर ल्याएको एनसीएचएलले जानकारी दिएको हो। यसका साथै ३ जना भाग्यशाली ग्राहकले अफरको अन्त्यमा कपल स्टेकेशस जित्न सक्नेछन् ।
क्यासब्याक अफर बुद्ध एयर, सौर्य एयरलाइन्स, श्री एयरलाइन्स र यति एयरलाइन्सका हकमा मात्र लागू हुनेछ। यो अफर १४ असोजदेखि ११ कार्तिकसम्म उपलब्ध छ।
कनेक्ट आइपीएस बैंकका ग्राहकहरुका लागि एकै प्ल्याट्फर्ममार्फत एक भन्दा बढी खाता लिंक गरी फण्ड ट्रान्स्फर लगायत विभिन्न भुक्तानीहरु गर्नका निम्ती एक प्रमुख तथा सजिलो माध्यम हो।
कनेक्ट आइपीएसको वेबमार्फत प्रति कारोबार रु २० लाख सम्म र यसको मोबाइलएपमार्फत प्रति कारोबार २ लाख सम्मको भुक्तानी गर्न सकिन्छ।
कनेक्ट आइपीएसमार्फत चालु आर्थिक वर्षको पहिलो दुई महिना अर्थात भाद्रमसान्त सम्मरु. ७५१ अर्ब भन्दा बढी भुक्तानी कारोबार फछ्र्यौट भइसकेको छ।


