काठमाडौँ- १९औँ एसियाली खेलकुद अन्तर्गत नेपाल र भारतबीचको क्रिकेट खेलमा नेपालले दुई विकेट लिएको छ।
नेपालका दीपेन्द्र सिंह एरीले भारतीय ब्याटर ऋतुराज गायकवाडलाई आउट गराएका हुन्। उनी २३ बलमा २५ रन बनाएर आउट भएका हुन्।
यस्तै सोमपाल कामीले तिलक वर्मालाई आउट गराए। उनले १० बलमा २ रन बनाए।
ऋतुसँग साझेदारी गरिरहेका यसश्वी जैसवालले ३७ बल खर्चेर ७९ रन जोड्न सफल भएका छन्।
मंगलबार बिहान झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफियाङ क्रिकेट फिल्डमा भारतले टस जितेर ब्याटिङ गरिरहेको छ।
१२.४ ओभरमा खेल पुग्दा भारत दुई विकेट गुमाएर ११८ रन जोड्न सफल भएको छ।
नेपाल समूह ‘ए’ को विजेता हुँदै प्रतियोगिताको अन्तिम आठमा पुगेको हो।
