२०८३ कार्तिक १५ गते शनिवार

ओलीको नीतिविपरीत गण्डकीमा प्यानलै बनाएर चुनाव

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज १७
maya_nav

पोखरा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नीतिविपरीत एमाले गण्डकीमा प्यानलै बनाएर चुनाव हुने भएको छ।

प्रदेश कमिटीको प्रथम अधिवेशनमा अध्यक्ष पदका आकांक्षी मायानाथ अधिकारी नेतृत्वमा समूहले प्यानल बनाएरै प्रतिस्पर्धा गर्ने भएको छ।

अधिकारी टोलीले उपाध्यक्ष, सचिव, उपसचिवमा उठाउने उम्मेदवार तयार पारेको हो ।

एमाले केन्द्रीय सदस्य राजीव पहारीका अनुसार अधिकारी प्यानलबाट उपाध्यक्ष नवलपुरका बाबुराम विक, सचिव कास्कीका रश्मि आचार्य, उपसचिव म्याग्दीका सन्तोष रावल र कास्कीकी मीना गुरुङ उम्मेदवार बन्नेछन्।

अधिकारीका प्रतिस्पर्धी नवराज शर्मा र सचिवमा धनञ्जय दवाडी उम्मेवार हुने पक्कापक्की छ। तर पूरै समूह सार्वजनिक भएको छैन।

गण्डकीमा पूर्वमूख्यमन्त्रीद्वय पृथ्वी सुब्बा गुरुङ (पीएस) र खगराज अधिकारी (केआर)को दुई समूह छ। पीएस समूहबाट नवराज शर्मा र केआर समूहबाट अधिकारी चुनावी मैदानमा होमिने भएका हुन्।

यी दुई समूहबाट प्यानल बन्ने सम्भावित परिदृश्य देखेरै नेतृत्वले प्यानल बनाउन बन्देज लगाएको एमालेकै नेताहरू बताउँछन्।

अधिवेशन उद्घाटनका क्रममा एमाले सचिव तथा गण्डकी प्रदेश ईन्चार्ज गोकर्ण विष्टले सकेसम्म सर्वसम्मत नेतृत्व चयन गरिने जिकिर गरेका थिए।

अन्तिम अवस्थामा पनि सहमति नभए ‘आन्तरिक जनवादको अभ्यास’ गर्ने उनको भनाइ थियो।

‘सहमति कायम गर्न सक्यौं भने त्यो पार्टीको हितमा हुन्छ। त्यसका लागि पहल पनि भइरहेको छ,’ उनले भनेका थिए, ‘त्यसो हुन नसके लोकतान्त्रिक अभ्यास गर्छौं।’

चुनावी प्रतिस्पर्धा गर्न पाइने भए पनि प्यानल बनाएर चुनाव लड्न भने नपाइने विष्टले पारेका थिए।

‘प्यानल खडा गरेर चुनाव लड्न पाईँदैन, दिईँदैन,’ विष्टले भनेका थिए,‘अस्वस्थ प्रतिस्पर्धा गर्ने, प्यानल बनाएर चुनाव लड्ने अधिकार कसैलाई दिईँदैन र त्यो छुट पनि छैन।’

पार्टीका अध्यक्ष केपी शर्मा ओली चुनावी प्रतिस्पर्धाको पक्षमा थिएनन्। एमालेको चितवन महाधिवेशनमा उनले सर्वसम्मत अध्यक्ष बन्न चाहेका थिए। सर्वसम्मत बन्नका लागि उनले अधिवेशनलाई लम्बाइदिएका थिए।

पछि कुनै हालतमा पनि आफू सहमतिमा ओलीलाई अध्यक्ष मान्न तयार नभएको बरु चुनावबाट पराजित हुन तयार रहेको भीम रावलले बताउन थालेपछि चुनाव भएको थियो। आफूविरुद्ध चुनावी प्रतिस्पर्धा गरेका रावललाई ओलीले राजनीतिको किनारामा पुर्‍याएका छन्। उनलाई पार्टीले कुनै पनि जिम्मेवारी दिएको छैन।

यसअघि भएका प्रदेशहरूको अधिवेशनमा ओलीले सहमतिमा नेतृत्व छान्न प्रतिनिधिहरुलाई खुला रूपमा आग्रह गर्दै आएका थिए। तर सहमतिमा नेतृत्व छान्न नसकेपछि बागमतीको अधिवेशनका बेला ओलीले कैलाश ढुंगेलको पक्षमा मत मागेका थिए। अन्ततः उनी नै विजयी बनेका छन्।

आफूले भनेअनुसार सहमतिमा चुनावी प्रतिस्पर्धाको विषयलाई नेताहरूले नमानेपछि कुनै एक पक्षको प्रचार गरेर अर्को पक्षलाई रोक्ने ओलीको रणनीति छ। तर आफूले भने प्यानलका पक्षमा मत माग्ने तर प्यानल बनाउन नदिइने भन्ने ओलीको नीति विरोधाभासपूर्ण देखिन्छ।

गण्डकी अधिवेशन : पीएस र केआरको शक्तिपरीक्षण, प्यानलगत अभ्यासमा ओलीको बन्देज

प्रकाशित: २०८० असोज १७ गते बुधबार ०९:१४
प्रतिक्रिया

थप समाचार

सरकारले गर्‍यो एनप्याब्सन निलम्बन, संगठनका गतिविधिमा रोक

काठमाडौँ: सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ।अर्को निर्णय नभएसम्मका लागि संस्थाको दर्ता तथा सञ्चालनसम्बन्धी गतिविधिमा रोक लगाइएको...

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना