२०८३ कार्तिक १४ गते शुक्रबार

त्रिवि विज्ञान-प्रविधिका १३ शोधार्थीलाई केसीआरई अनुदान प्रदान

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज १७
kcre

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयअन्तर्गत विज्ञान तथा प्रविधि अध्ययन संस्थानका उत्कृष्ट १३ शोधार्थीलाई केसीआरआई उत्कृष्ट शैक्षिक अनुदान प्रदान गरिएको छ।

संस्थान र जल तथा मौसम विज्ञान केन्द्रीय विभागको संयुक्त आयोजनामा उनीहरूलाई अनुदान प्रदान गरिएको हो।

कीर्तिपुरस्थित काठमाडौँ सेन्टर फर रिर्सच एन्ड एजुकेसन (केसीआरई)को सभाकक्षमा संस्थानअन्तर्गतका विभाग तथा क्याम्पस उत्कृष्ट शोधार्थीलाई ८० हजार रुपैयाँको उक्त अनुदान प्रदान गरिएको हो।

त्रिुभवन विश्वविद्यालय र चाइनिज एकेडमी अफ साइन्सेसबीच सन् २०१४ मा सहमति भई उक्त अनुदान प्रदान गर्न थालिएको हो। हालसम्म १३० जना शोधार्थी विद्यार्थीहरुले उक्त अनुदान प्राप्त गरिसकेका छन्।

उत्कृष्ट शोधार्थी अनुदान प्राप्त विद्यार्थीहरुमा वातवरण केन्द्रीय विभागकी अन्जुली मुल्मी, खाद्य प्रविधि केन्द्रीय विभागकी स्वेच्छा थापामगर, बायोटेक्नोलोजी केन्द्रीय विभागकी रोजीना पाण्डे, रसायनशास्त्र केन्द्रीय विभागका विद्यार्थीद्वय सोनिया जोशी र सीता खड्का, भौतिकशास्त्र केन्द्रीय विभागका सागर पाण्डे र गणित केन्द्रीय विभागका सन्देश ठकुरी छन्।

यस्तै, प्राणीशास्त्र केन्द्रीय विभागकी अन्जु कर्माचार्य, तथ्याङ्कशास्त्र केन्द्रीय विभागकी श्रीषा रिजाल, माइक्रोबायोलोजी केन्द्रीय विभागका लक्ष्मी पाण्डेले पनि उक्त अनुदान पाए।

भूगर्भशास्त्र केन्द्रीय विभागका नागेश रिजाल, वनस्पतिशास्त्र केन्द्रीय विभागका विनिका माथे र जल तथा मौसम विज्ञान केन्द्रीय विभागका स्मृति अधिकारीले पनि ८० हजार राशिको अनुदान प्राप्त गरेका छन्।

त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा शिवलाल भुसालले उत्कृष्ट शोधार्थी विद्यार्थीहरुलाई अनुदान प्रदान गरेका थिए।

उत्कृष्ट शोधार्थी विद्यार्थीहरुलाई अनुदान हस्तान्तरण गर्ने कार्यक्रममा संक्षिप्त मन्तव्य व्यक्त गर्दै शिक्षाध्यक्ष भुसालले विज्ञानका उत्कृष्ट वैज्ञानिक विद्यार्थीहरुले विश्वविद्यालयको गरिमा बढाउने र भविष्यमा थप उत्कृष्ट कार्य गर्ने विश्वास व्यक्त गरे।

विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डीन प्राडा विनिल अर्यालले चाइनिज एकेडमी अफ साइन्सेस विश्वकै उत्कृष्ट वैज्ञानिकहरु निर्माण गर्ने संस्था रहेको र नेपालमा विज्ञान शिक्षाको विकास र गुणस्तरका लागि सहयोग गर्दै आइरहेकोमा धन्यवाद ज्ञापन गरे।

आगामी दिनमा त्रिभुवन विश्वविद्यालयले अन्तराष्ट्रिय शैक्षिक संस्थाहरुसँग सहकार्य गरी विद्यार्थीहरुलाई विविध प्रकारका आर्थिक एवम् प्राज्ञिक सहयोगहरु उपलब्ध गराउने उनको भनाइ थियो।

जल तथा मौसक विज्ञान केन्द्रीय विभागका विभागीय प्रमुख प्रा.डा दीपक अर्यालले सबै विद्यार्थीहरुमा शुभकामना व्यक्त गरे।

जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक तथा काठमाडौँ सेन्टर फर रिसर्च एन्ड एजुकेसनका उपनिर्देशक डा विनोद दवाडीका अनुसार विद्यार्थीहरुले प्राप्त गर्ने रु ८० हजारमध्ये ६० प्रतिशत अर्थात ४८ हजार रुपैयाँ पुरस्कृत भएको दिन र बाँकी २० प्रतिशत शोधकार्य ९ महिनाभित्र सम्पन्न गरी सम्बन्धित विभागको सिफारिसमा र अन्तिम २० प्रतिशत सम्बन्धित शोधार्थीले राष्ट्रिय तथा अन्तराष्ट्रिय जर्नलमा अनुसन्धानात्मक लेख २ वर्षभित्र प्रकाशित गरिसकेपछि प्रदान गरिने प्रावधान रहेको जानकारी दिए।

केसीआरई अनुदानबाट पुरस्कृत हुन पहिलो चरणमा शोधकार्य अघिको सेमेस्टरमा उच्चतम अंक प्राप्त गरेको र उत्कृष्ट शोधप्रस्तावना भएका ३ जना विद्यार्थीहरुलाई सम्बन्धित विषयको विभागीय अनुसन्धान समितिबाट सिफारिस गरिएको थियो। यसरी सम्बन्धित विभागबाट सिफारिस भई आएका विद्यार्थीहरुमध्येबाट सर्वोत्कृष्ट विद्यार्थीलाई विज्ञान तथा प्रविधि अध्ययन संस्थानले गर्ने छनौट गरेको थियो।

प्रकाशित: २०८० असोज १७ गते बुधबार ०४:०७
प्रतिक्रिया

थप समाचार

‘मिनी टिलर’ गोरुको विकल्प बन्दै

भोजपुर। दुर्गम पहाडी जिल्ला भोजपुरमा गोरुको विकल्पकारुपमा मिनी टिलरको प्रयोग बढ्दै जान थालेको छ । पछिल्लो समय जिल्लामा मिनी टिलरको बिक्री बढेको सिद्धकाली सप्लार्यसका प्रोपाइटर बाजिम मगरले...

चक्रवाती आँधीको प्रभावले हवाई उडान प्रभावित हुन सक्ने, सतर्कता अपनाउन प्राधिकरणको आग्रह

काठमाडौँ: चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावका कारण नेपालका विभिन्न प्रदेशमा वर्षा, हावाहुरी र हिमपात हुन सक्ने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान सुरक्षामा उच्च सतर्कता...

प्रधानमन्त्री विपद् कोषमा कति रकम आयो? कति खर्च भयो? समितिले खोज्यो हिसाब

काठमाडौँ: भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राप्त रकम, प्रभावित वडा र पालिकामा भएको खर्चको विस्तृत...

अर्नब चक्रावत: नारायणगढ–मुग्लिनसहित प्रमुख राजमार्गमा पहिरोको जोखिम

अत्यावश्यकबाहेक वर्षाको समयमा राजमार्गमा यात्रा नगर्न र गर्नैपरे ट्राफिक वा सडक कार्यालयबाट सूचना लिएरमात्र यात्रा गर्न अपिल गरिएको छ।

त्रिवि मैदान बाहिर सानो व्यापार, ठूलो राहत : कुमारीको मुहारमा चमक

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) ले त्रिवि क्रिकेट मैदानबाहिरको चहलपहलसँगै साना व्यापारीको व्यापार पनि बढाएको छ। खेल हेर्न आउने दर्शकको भीडले मैदानबाहिर चटपटे, चाउचाउ, पानीलगायतका सामान...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना