काठमाडौं – ग्यालेक्सी फोरके टिभीका मालिक गितेन्द्रबाबु राईको सहकारीका कोषाध्यक्ष पुर्पक्षका लागि कारागार चलान भएका छन्।
जिल्ला अदालत कास्कीले पक्राउ परेका सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष कुमार रम्तेललाई आइतबार पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो।
केशवप्रसाद बास्तोलाको इजलासले रम्तेललाई थुनामा राख्न आदेश दिएको हो।
यो प्रकरणमा अध्यक्ष राईसहित अन्य १८ जना फरार छन्।
राईसहित १९ जनाविरूद्ध १ हजार ३५ जना बचतकर्ताहरूले ठगीमा जाहेरी दिएका थिए। प्रहरीले पाँच दिनअघि अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको थियो।
राईसहितका व्यक्तिसँग १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५.१७ रुपैयाँ बिगो माग गरी ठगीको मुद्दा दायर भएको थियो।
राईसहित १९ जना प्रतिवादीसँग बिगोसँगै ८ देखि १० वर्षसम्म जेल सजायको माग दाबी सरकारी वकिलले लिएको थियो।
सम्बन्धित समाचार
ग्यालेक्सी टिभीका मालिकविरूद्ध कास्कीमा सवा अर्ब, पर्सामा तीन करोड ठगीको मुद्दा


