नेपालगञ्ज- नेपालगञ्जमा एक सातापछि कर्फ्यू र निषेध आदेश हटाइएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले सूचना जारी गर्दै मंगलबार बिहान ४ बजेदेखि कर्फ्यू र निषेध आदेश हटाइएको जानकारी दिएका हुन्।
नेपालगञ्जमा हिन्दू र मुस्लिम समुदायबीच तनाव उत्पन्न भएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यू र निषेध आदेश लगाइएको छ।
असोज १६ गते दिउँसो १ बजेदेखि नेपालगञ्जमा कर्फ्यू सुरु भएको थियो।



