२०८३ कार्तिक ११ गते मङ्गलबार

सराङकोटमा साताभित्रै खुल्दैछ प्याराग्लाइडिङ

 |  मदनमणि तिमिल्सिना
Sanket

मदनमणि तिमिल्सिना

पोखरा, असोज २४
para

पोखरा- पोखरा महानगरपालिका वडा नम्बर १८ स्थित सराङ्कोटको बहाकोटमा फेरि प्याराग्लाइडिङ सञ्चालन हुने भएको छ।

पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल सञ्चालनसँगै पोखरा-२४ माङ्द्रेढुङ्गामा सरेको प्याराग्लाइडिङ पुन: सराङकोटको बहाकोटमा नै हुने भएको हो।

नेपाल हवाई खेलकुद संघ (ना) प्रवक्ता कृष्ण भण्डारीले बहाकोटबाट एक साताभित्रै प्याराग्लाइडिङ सञ्चालन हुने जानकारी दिएका हुन्।

गत वर्ष पुसमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै प्राविधिक कारण देखाउँदै नागरिक उड्डयन प्राधिकरणले सराङकोटको प्याराग्लाइडिङ रोकिदिएको थियो।

यसपछि यहाँको प्याराग्लाइडिङ पोखरा-२४ माङ्द्रेढुङ्गामा सारिएको थियो।

तर अब बहाकोटबाट उडेर पोखरा-२३ कात्रेपामेमा नै ल्यान्डिङ गर्न प्राधिकरणले अनुमति दिने भएको हो।

खपौदीमा नजिकै ताल रहेको र चङ्खपुरमा धान खेती भएका कारण कात्रेपामे जान भनिएको छ। यसमा ना सहमत भएको प्रवक्ता भण्डारीले जानकारी दिए।

‘सुरक्षित उडानका लागि नियमित रुपमा अनुगमन गर्दै प्याराग्लाइडिङमा रहेका हरेक समस्याहरु समाधान गर्न क्यान तयार छ,’ प्राधिकरणका निर्देशक राजु श्रेष्ठले भने।

नागरिक उड्डयन प्राधिकरणका फ्लाइट सेफ्टी विभाग प्रमुख समेत रहेका निर्देशक राजु श्रेष्ठले पोखरालाई ताल र हिमालको मात्रै परिचय नभई पोखराले प्याराग्लाइडिङमा समेत पहिचान बनाएकाले यसलाई सहज बनाउन प्राधिकरणले सहयोग गर्ने बताए।

प्याराग्लाइडिङ नहुँदा सराङ्कोटको पर्यटनमा असर पारेको, सुरक्षित र पोखराको पर्यटनमा भएको कमी आएको ना अध्यक्ष सुनील भट्टराईको भनाइ छ। पोखरा आउने ५० देखि ६० प्रतिशत पर्यटकहरु साहसिक पर्यटनका लागि आउने भएकाले यसलाई सहज बनाउनुपर्ने उनको भनाइ छ।

‘सुरक्षित उडानका लागि नियमित रुपमा अनुगमन गर्दै प्याराग्लाइडिङमा रहेका हरेक समस्याहरु समाधान गर्न क्यान तयार छ,’ प्राधिकरणका निर्देशक राजु श्रेष्ठले भने।

कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका क्यानका निर्देशक श्रेष्ठले पोखरेली प्याराग्लाइडिङ उद्योगले सार्थक पहिचान बनाएको बताएका थिए।

नवौं राष्ट्रिय खेलकुदमा भएको दुर्घटनाका कारण स्थगित सोलो (एकल) उडान अनुमतिको विषयमा क्यानले अध्ययनलाई अन्तिम चरणमा पुर्‍याएको पनि बताइएको छ। सोलो उडानले पर्यटनमा वृद्धिमा सहयोग हुने आशा उनले व्यक्त गरे।

‘यो हाम्रो लागि महत्वपूण विषय थियो। हामीले क्षेत्र विस्तारको विषयलाई लिएर क्यानसँग धेरै पटक छलफल चलायौं। क्यानको सहकार्यमा धेरै अध्ययन समेत भयो,’ नाका अध्यक्ष भट्टराईले भने, ‘ना र क्यानले नेपालको प्याराग्लाइडिङलाई सुरक्षित गन्तव्यको रुपमा स्थापित गर्न हामीले धेरै प्राविधिक लगायतका विषयमा अध्ययन गरेका छौं। अब सहज हुने आशा छ।’

यसबैबीच नेपाली साहसिक खेलकुद प्याराग्लाइडिङको व्यवसायिक छाता संस्था नेपाल हवाई खेलकुद संस्था (ना) २०औं वर्षमा प्रवेश गरेको छ।

यसै अवसरमा पोखराको प्याराग्लाइडिङलाई व्यवस्थित बनाउन नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान)ले महत्वपूर्ण सहयोग गरेको भन्दै क्यानलाई सम्मान गरिएको छ।

कार्यक्रममा संस्थाका महासचिव खेमराज आचार्यले नाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०८०/०८१ का लागि विभिन्न २२ वटा कार्यक्रमहरू प्रस्तुत गरिएको बताए।

नाकामा ६२ वटा व्यावसायिक कम्पनी र ३९९ जना प्याराग्लाइडिङ पाइलट आबद्ध छन्।

प्रकाशित: २०८० असोज २४ गते बुधबार ०७:१२
Sanket

मदनमणि तिमिल्सिना

तिमिल्सिना सामाजिक तथा राजनीतिक विषयमा रुचि राख्छन्।
प्रतिक्रिया

थप समाचार

विदेशी खेलाडी ल्याउँदा भिसा, कर र भुक्तानी जटिलताले फ्रेन्चाइजलाई चुनौती

विदेशी खेलाडीले २५ प्रतिशत कर तिर्नुपर्ने व्यवस्था, व्यावसायिक भिसाको अभाव र पर्यटक भिसामा प्रवेश गरेपछि भिसा परिवर्तन गर्नुपर्ने प्रक्रियाले अन्तर्राष्ट्रिय खेलाडीको सहभागिता व्यवस्थापन...

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...

नीतिगत दरले बैंकको ब्याजदेखि बजारसम्म कसरी असर गर्छ?

नीतिगत ब्याजदर भनेको केन्द्रीय बैंकले अर्थतन्त्रमा कर्जा र पैसाको प्रवाहलाई प्रभावित गर्न निर्धारण गर्ने प्रमुख ब्याजदर हो। नेपालमा यस्तो दर नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत प्रयोग...

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

३ हजारको सामान किनेकी सन्तमायाले जितिन् १० लाख, १ लाख जित्ने १६ जना को? [सूची]

काठमाडौँ: नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गरेर लिएको बिलका आधारमा १० लाख रुपैयाँ जितेकी छन्। आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत गोलाप्रथाबाट...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना