विराटनगर- कोशी प्रदेश नेपाली कांग्रेस संसदीय दलको नेताबाट उद्धव थापाले राजीनामा दिएका छन्।
काङ्ग्रेसबाट विद्रोह गरेका शेखर कोइराला पक्षका केदार कार्की मुख्यमन्त्री नियुक्त भएपछि दलका नेता थापाले राजीनामा दिएका हुन्।
शनिबार पत्रकार सम्मेलन गरी उनले नैतिकताका आधारमा संसदीय दलको नेताको पदबाट राजीनामा दिएको बताएका छन्।
‘मैले दुई पटक अदालतबाट पदमुक्त बन्दै राजीनामा दिनुपर्ने थियो। तर, प्रदेशको अवस्थाले मलाइ त्यसबेला जिम्मेवारी छोड्न दिएन। अहिले राजीनामा दिएको छु,’ उनले भने।
थापाले नवनियुक्त मुख्यमन्त्री कार्कीलाई शुभकामना समेत दिए। उनले कार्कीलाई नै विश्वासको मत पनि दिने बताए।



