२०८३ साउन १३ गते बुधबार

सहर भित्रिए भेडाच्यांग्रा, आकासियो मूल्य

 |  विनु पौडेल
Sanket

विनु पौडेल

पोखरा, असोज ३०
veda

पोखरा-  दसैँ नजिकिएसँगै सहरमा भेडाच्याङ्ग्रा भित्रिएका छन्। व्यवसायीले करिब ४५०० भेडा च्यांग्रा पोखरा ल्याएका छन्।

भेडाच्यांग्राको मूल्य आकासिएर आएको व्यापारी नै स्वीकार गर्छन्। लेकाली भेडाच्यांग्राहरुले लेकको जडीबुटी खाएको हुन्छ भने मान्यताका कारण बढी मूल्य पर्ने गरेको छ।

भेडाच्यांग्रा पालन वर्तमान समयमा घट्दै गएकाले मागजति पूर्ति हुन नसक्दा पनि मूल्य बढी पर्न थालेको हो।

पोखरा आइपुगेका भेडाच्यांग्राको मूल्य ५० हजारसम्म रहेको व्यवासायी प्रकाश कुँवर बताउछन्। कुँवरका अनुसार मुस्ताङमा खरिद गर्दा नै मूल्य बढी परेको कुँवर बताउँछन्।

पोखरामा पहिलो चरणमा आफूहरुले माथिल्लो मुस्ताङ लोमान्थाङ क्षेत्रबाट ३ सय ६५ वटा भेडाच्याङग्रा बिक्रीको लागि ल्याइएको छ। मुस्ताङबाट आफूहरुले भेडाच्याङग्राको स्वास्थ्य परीक्षण गरी ८ दिनमा पोखरामा ल्याइपुर्‍याएको पोखरा जिरोस्थित बिसौनी खाजा घरका सञ्चालक उमनाथ तिमिल्सिनाले बताए।

पहिलो चरणमा ल्याएको मुस्ताङका भेडाच्याङग्रा २४ देखि २६ केजीका भएको बताउँदै खड्काले हाल आफूहरुले ७० हजारसम्ममा च्याङग्रा बिक्री गरेको बताए। च्यांग्राको मासु प्रतिकेजी २५ सय रुपैयाँमा बिक्री गर्न सुरु गरेको उनले बताए।

मुस्ताङका स्थानीय किसानले हुर्काएका भेडाच्याङग्रा यो वर्षको लागि बिक्री गर्ने उद्देश्यले मुस्ताङबाट हालसम्म ५ हजार ७ सय वटा बाहिरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र मुस्ताङका डा. लालमणि अर्यालले बताए।

केही दिनदेखि सुरु भएको भेडाच्याङग्राको स्वास्थ्य परीक्षण हालसम्म जारी रहेको उनको भनाइ छ। प्रति भेडाच्याङग्राको स्वास्थ्य परीक्षण गर्दा १५ रुपैया शुल्क तिरेको व्यवसायीले बताए।

उक्त भेडाच्याङग्राको स्वास्थ्य हालको अवस्थामा राम्रै भए पनि केही दिन पानी परेकोले लेकबाट बेसीमा झार्दै पोखरालगायतका स्थानमा पुग्दा केही भेडाच्याङग्राको नाकबाट सिंगान आउन सक्ने डा.अर्यालले बताए।

मुस्ताङको जोमसोमबाट म्याग्दी हुँदै पोखरा, काठमाडौं, चितवनलगायतका क्षेत्रमा दसैं लक्षित हुने गरी यो वर्ष करिब ७ हजार भेडाच्याङग्रा बिक्रीको लागि मुस्ताङबाट बाहिरिएको व्यवसायीहरुले बताएका छन्।

यो वर्ष मुस्ताङबाट करिब ७ हजार जति डोल्पा क्षेत्रमा उत्पादन भएका भेडाच्याङग्रा मुस्ताङबाट वेनी हुँदै पोखरा पुग्न थालेको भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र मुस्ताङका निमित्त कार्यालय प्रमुख ऋषिराम पोखरेलले बताए।

यो वर्षको भेडाच्याङग्राको मूल्य बढ्नुमा मुस्ताङको कोरोना नाका दसैं अगाडि खोल्ने सम्भावना नभएको कराण रहेको छ।

पछिल्लो समयमा मुस्ताङ क्षेत्रमा पर्यटकहरुको आगमन राम्रो भएसँगै भेडाच्याङग्रा मुस्ताङमै खपत हुन थालेकोले दसैं तिहारको अवसरमा पोखरालगायतका क्षेत्रमा आफूहरुले पालन गरेका भेडाच्याङग्रा केही कम पठाउन थालिएको मुस्ताङका भेडाच्याङग्रा व्यवसायी आङग्याल गुरुङले बताए।

उपल्लो मुस्ताङ (लोमाङथाङ) का गुरुङले यो वर्ष करिब ६ सय वटा भेडाच्याङग्रा पालना गरे पनि दसै लक्षित २५० वटा मात्र बिक्री गर्ने योजना बनाएका छन्। भेडाच्याङग्रा खरिद गर्न गाउँमा आएकाहरुले सस्तो मूल्यमा खोजेका कारण उनले आफैं प्रत्यक्ष उपभोक्तालाई बिक्री गर्ने बताए।

प्रकाशित: २०८० असोज ३० गते मङ्गलबार १०:०३
प्रतिक्रिया

थप समाचार

५ बुँदे मागसहित लघुवित्त पीडितहरू दुई दिनदेखि आमरण अनसनमा

काठमाडौँ: लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति, नेपालले सञ्चालन गरिरहेको लघुवित्त पीडितहरूको सामूहिक आमरण अनशन दोस्रो दिनमा पुगेको छ। काठमाडौँकाे माइतीघरमा जारी आन्दोलनमार्फत...

विश्वप्रसिद्ध गढीमाई मन्दिरमा चोरी: चाँदीको मुकुट र सुनका गहनासहित बहुमूल्य सामग्री गायब

रौतहट: बाराको महागढीमाई नगरपालिका–१ बरियारपुरस्थित विश्वप्रसिद्ध धार्मिक पर्यटकीय स्थल गढीमाई मन्दिरमा ताला तोडेर बहुमूल्य गहनाहरू चोरी भएको छ। गत साउन १० गते आइतबार राति अज्ञात समूहले...

११ करोड २१ लाखमा बनेको देवघाटको शवदाहगृह पीपीपी मोडलमा सञ्चालन गरिने

चितवन: देवघाटमा निर्माण गरिएको शवदाहगृह सार्वजनिक–निजी साझेदारी(पीपीपी) ढाँचामा सञ्चालन गरिने भएको छ। शवदाहगृह सञ्चालन गर्न बढी खर्चिलो हुने भएपछि सार्वजनिक–निजी साझेदारी ढाँचामा सञ्चालन...

४ करोड खर्चेर ललितपुरको २१ नम्बर वडामा हुँदैछन् यी कामहरू

काठमाडौँ: ललितपुर महानगरपालिका वडा नं. २१ ले चालु आर्थिक वर्षका लागि प्राप्त करिब ४ करोड रुपैयाँको बजेटलाई विभिन्न क्षेत्रका विकास तथा संरक्षण योजनामा विनियोजन गरेको जनाएको छ। वडाले पूर्वाधार...

सुनसरीको देवानगन्जमा कर्फ्यु कायमै

सुनसरी: सुनसरीको देवानगन्ज घटनाका विषयमा उत्पन्न विवादपछि जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा (कफ्र्यु) आज पनि जारी छ। सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछानेका अनुसार त्यस...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना