२०८३ कार्तिक १२ गते बुधबार

एमसीसीअन्तर्गत बन्ने प्रसारण लाइनको ठेक्का अन्योलमा

 |  हेमन्त जोशी
Sanket

हेमन्त जोशी

काठमाडौँ, कार्तिक १
High pressure wire tower at sunset at dusk
ट्रान्समिसन लाइनको प्रतिनिधिमूलक तस्बिर।

काठमाडौँ- मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसीसी) को अनुदान सहयोगमा बन्न लागेको चार सय केभी विद्युत् प्रसारणलाइनको ठेक्का प्रक्रिया रद्द भएसँगै अर्को ठेक्का प्रक्रिया कसरी र कहिलेसम्म अघि बढ्छ भन्नेमा अन्योल देखिएको छ।

मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले गत असोज २६ गते एक सूचना जारी गर्दै विद्युत् प्रसारण लाइन निर्माणसँग सम्बन्धित सबै ठेक्का रद्द भएको जनाएको थियो। जसमा चरण (लट–१) को लप्सीफेदी–रातामाटे–न्यु हेटौँडा, दोस्रो चरण (लट–२) को रातामाटे–न्यु दमौली, र तेस्रो तरण (लट–३) को न्यु बुटवल–नेपाल/भारत सीमा क्षेत्रसम्मको प्रसारण लाइन निर्माणका लागि आह्वान गरिएको ठेक्का रद्द भएको छ।

सुरुआती लागत अनुमानभन्दा बढी रकमको ठेक्का प्रस्ताव भएपछि यो ठेक्का प्रक्रिया रद्द भएको एमसिए–नेपालको भनाइ छ। कुल तीन सय १५ किलोमिटरको चार सय केभी विद्युत् प्रसारण लाइनका लागि अब पुनर्ठेक्का (रि–टेन्टर) प्रक्रिया कसरी अगाडि बढ्छ भन्नेमा अन्योल देखिएको छ।

रद्द भएका ठेक्का सम्झौता अब कुन प्रक्रियाबाट तथा कानुनी आधारमा कहिलेसम्म अगाडि बढ्छन् ? भन्ने राससको प्रश्नमा एमसिए–नेपालले अब अर्को ठेक्का प्रक्रिया कसरी अगाडि बढाउने भन्नेबारे योजना तयार भइरहेको जवाफ दिएको छ। ‘बजारबाट प्रतिक्रिया प्राप्त गरिसकेपछि एमसिए–नेपालले यो खरिद कार्य सफलतापूर्वक सम्पन्न गर्न आगामी कदम निर्धारण गर्न एमसिएसँग सहकार्य गरेको थियो।

‘एमसिए–नेपालले प्राविधिक विज्ञहरू, एमसीसी तथा नेपाल सरकारसँगको समन्वयमा भविष्यमा सफल खरिद कार्यलाई सहजतापूर्वक अगाडि बढाउनका लागि योजना तयार गर्दैछ,’ उसले जवाफमा भनेको छ, ‘निर्धारित बजेटबाटै समयमै एमसिए–नेपाल र एमसीसीको वातावरणीय तथा सामाजिक मापदण्डअनुसार प्रसारण लाइन निर्माण हुने सुनिश्चित गर्न एमसिए–नेपाल प्रतिबद्ध छ।’

तोकिएको समय र लागतभित्र आयोजनाको काम सक्ने एमसिए–नेपालको दाबी रहे पनि ठेक्का प्रक्रियामै थप उल्झन देखिएको छ। एमसिए–नेपालले अहिले रद्द गरेका ठेक्का गत वर्ष मङ्सिर दोस्रो साता (२०२२ नोभेम्बर २८) आह्वान गरेको थियो।

यो ठेक्का आह्वान गरेदेखि मूल्याङ्कन र त्यसपछि रद्द हुँदासम्मको अवस्थासम्म पुग्दा करिब ११ महिना समय लागेको देखिन्छ। अर्को ठेक्का प्रक्रिया सक्न कति समय लाग्छ भन्नेमा एमसिए–नेपाल अझै स्पष्ट भइसकेको छैन। यद्यपि, तोकिएको पाँच वर्षभित्रमा आयोजनाका काम सकिसक्ने उसको दाबी छ।

अर्थ मन्त्रालय र एमसीसीबीच २०७४ भदौ २९ (२०१७ सेप्टेम्बर १४) मा भएको सम्झौता २०७८ फागुन १५ गतेको संसद् बैठकबाट अनुमोदन भएको थियो। छ वर्षअघि भएको मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट) गत भदौ १३ गतेदेखि पूर्णरुपमा लागू हुने अवस्था (इन्ट्री इनटु फोर्स– इआइएफ)को चरणमा गइसकेको छ।

अर्थात् गत भदौ १३ गतेदेखि एसिसीअन्तर्गतका परियोजना निर्माण सम्पन्न गरिसक्नुपर्ने पाँच वर्षको अवधि गणना सुरु भइरहेको छ। अमेरिकी अनुदानसम्बन्धी यो सम्झौतामा हस्ताक्षर भएदेखि लागू हुने अवस्थासम्म आइपुग्नै करिब छ वर्ष समय लागेको थियो। अहिले इआइएफ घोषणापछि ठेक्का प्रक्रिया लम्बाउँदा समयमै आयोजना सकिने र एमसीसी कम्याक्टको शर्तबमोजिम अमेरिकाले नेपाललाई उपलब्ध गराउनेमा शङ्का गर्ने ठाउँ देखिएको छ।

एमसिए–नेपालले एमसीसी कार्यक्रम खरिद मार्गनिर्देशिका (पिपीजी) अनुसार यो ठेक्का प्रक्रिया रद्द गरेको जनाएको छ। ‘विद्युत् प्रसारण लाइन निर्माणका लागि प्राप्त बोलपत्रमा उल्लेख गरिएको लागत वर्तमान बजेटभन्दा निकै बढी भएको र बोलपत्र दातासँगको छलफलबाट पनि उक्त अन्तर सम्बोधन हुन नसकिने निष्कर्षमा प्राविधिक विज्ञ पुगेको तथा एमसिएसँगको परामर्शपछि एमसिए–नेपाल ठेक्का रद्दको निर्णयमा पुगेको हो’, उसले भनेको छ, ‘एमसिए कार्यक्रम खरिद मार्गनिर्देशिकाको दफा पी १.ए.२.७५ र ७७ अनुसार ती बोलपत्र अस्वीकृत गरिएको छ।’

खरिद प्रक्रियालाई समयमै निरन्तरता दिने कार्यलाई सहजीकरण गर्न एमसिए–नेपालले बोलपत्रदातालाई उहाँहरूका बोलपत्र अस्वीकृत भएको जानकारी गराइसकेको छ। साथै यथाशीघ्र प्रतिस्पर्धात्मक खरिद प्रक्रियाको दोस्रो चरण अगाडि बढाउनका लागि तयारी थालिएको पनि उसले जनाएको छ।

त्यसो त, परियोजना लागू गर्न पूरा हुनुपर्ने भनी एमसिए कम्याक्टमा तोकिएका शर्तमध्ये एउटा शर्त अझै अपूर्ण छ। प्रसारण लाइन र सडक विस्तार आयोजनाका लागि आवश्यक जग्गाको मुआब्जा वितरण तथा प्राप्ति, वन क्षेत्रभित्रको जग्गा प्रयोग अधिकार सुनिश्चितता र परियोजना बन्ने क्षेत्रसम्मको पहुँचको पूर्वशर्त पूरा हुनसकेको छैन। तर, शर्तका यी विषय पूरा हुने आधार देखिएको भन्दै एमसिए–नेपालले इआइएफ तोकेको थियो।

एमसिए–नेपालअन्तर्गत हुने खर्चमा नेपाल सरकारले बेहोर्नुपर्ने दायित्वको अंशसमेत बढेको छ। सुरुआती सम्झौतामा एमसीसी परियोजनाका लागि कूल ६३ करोड अमेरिकी डलर बराबर लागत अनुमान गरिएको थियो। जसमध्ये ५० करोड अमेरिकी डलर एमसीसी अनुदान र १३ करोड अमेरिकी डलर नेपाल सरकारले बेहोर्ने कम्प्याक्टमा उल्लेख छ। तर गत जेठमा भएको एक ‘पूरक सम्झौता’पछि नेपाल सरकारले बेहोर्ने दायित्व छ करोड ७० लाख अमेरिकी डलर थप भई १९ करोड ७० लाख अमेरिकी डलर पुग्ने देखिएको छ।

समग्र परियोजनामा हुने खर्चको अनुमानसमेत ६३ करोड अमेरिकी डलरबाट बढेर ६९ करोड ७० लाख अमेरिकी डलर पुगेको छ। एमसिए–नेपालअन्तर्गत हुने कूल खर्चमा नेपाल सरकारले बेहोर्नुपर्ने दायित्वको अनुपात यसअघि २० दशमलव ६३ प्रतिशत रहेकोमा अब बढेर २८ दशमलव २६ प्रतिशत पुगेको छ। परियोजनामा नेपालले बेहोर्नुपर्ने गरी पछिल्लो पटक थपिएको दायित्व करिब रु नौ अर्ब बराबर हो।

एमसिएअन्तर्गतका आयोजनामा खर्च हुने गरी चालु आर्थिक वर्षका लागि सरकारले रु १० अर्ब ८४ करोड १७ लाख बराबरको बजेट विनियोजन गरिएको छ। जसमध्ये विद्युत् प्रसारण आयोजनातर्फ रु आठ अर्ब ७७ करोड ६३ लाख ६६ हजार, सडक मर्मत आयोजनातर्फ रु एक अर्ब ५० करोड ७६ लाख ५३ हजार, अनुगमन तथा मूल्याङ्कनतर्फ २१ लाख ९३ हजार, कार्यक्रम प्रशासनतर्फ रु ५५ करोड ५४ लाख ८८ हजार बराबर विनियोजन गरिएको छ। -रासस

प्रकाशित: २०८० कार्तिक १ गते बुधबार ०८:२४
Sanket

हेमन्त जोशी

अर्थतन्त्रमा रुची राख्ने जोशी राससका पत्रकार हुन्।
प्रतिक्रिया

थप समाचार

विदेशी खेलाडी ल्याउँदा भिसा, कर र भुक्तानी जटिलताले फ्रेन्चाइजलाई चुनौती

विदेशी खेलाडीले २५ प्रतिशत कर तिर्नुपर्ने व्यवस्था, व्यावसायिक भिसाको अभाव र पर्यटक भिसामा प्रवेश गरेपछि भिसा परिवर्तन गर्नुपर्ने प्रक्रियाले अन्तर्राष्ट्रिय खेलाडीको सहभागिता व्यवस्थापन...

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...

नीतिगत दरले बैंकको ब्याजदेखि बजारसम्म कसरी असर गर्छ?

नीतिगत ब्याजदर भनेको केन्द्रीय बैंकले अर्थतन्त्रमा कर्जा र पैसाको प्रवाहलाई प्रभावित गर्न निर्धारण गर्ने प्रमुख ब्याजदर हो। नेपालमा यस्तो दर नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत प्रयोग...

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

३ हजारको सामान किनेकी सन्तमायाले जितिन् १० लाख, १ लाख जित्ने १६ जना को? [सूची]

काठमाडौँ: नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गरेर लिएको बिलका आधारमा १० लाख रुपैयाँ जितेकी छन्। आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत गोलाप्रथाबाट...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना