पाल्पाको तानसेनस्थित ऐतिहासिक दसैंघर, निसान भगवती लगायत कोतघर, देवीका मन्दिरमा शनिबार फुलपाती भित्राइएको छ।
तत्कालीन पश्चिम जनरल कर्नेल उजीरसिंह थापाले पाल्पाको तानसेनमा स्थापना गरेको दसैघरमा परम्परा धान्दै नेपाली सेनाको सलामीसहित फुलपाती भित्राइएको हो।
पाल्पा दरबार परिसरमा रहेको दसैंघरवाट बाजागाजा सहित फुलपाती लिन नेपाली सेनाको नागपोखरीस्थित नेपाली सेनाको दि फेमस महिन्द्रदल गण टुंडिखेल गएका थिए । सैनिक, प्रहरी, सलामी दिएर दसैघरमा पुजाआजासहित फुलपाती ल्याएर भित्रायाउने चलन रहेको छ।
तानसेन बजारको पाल्पा दरबार परिसरमा स्थापना गरेको दसैघरमा रहेको कोतघरमा भगवतीको सलामीसहित घटस्थापनादेखि दैनिक पुजा गर्ने परम्परा छ।









