काठमाडौँ- आईसीसी टी ट्वान्टी विश्वकपको एसिया छनोटमा ओमानले नेपालसमक्ष १ सय ४६ रनको लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुर मैदानमा पहिले ब्याटिङ गरेको ओमानले निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय ४५ रन बनाएको हो।
कप्तान जिशान मकसुदले ३२ रन बनाएको इनिङ्समा तल्लो क्रमका ब्याट्सम्यान नसिम खुशीले २५ रन बनाए।
प्रतिक आठवलेले २४ र सकिल अहमदले नटआउट २२ रन बनाए।
आयान खानले १८ रनको योगदान दिए। अन्यको प्रर्दशन उल्लेख्य रहेन।
नेपालका करन केसीले ३ तथा सन्दीप लामिछाने र सोमपाल कामीले समान २ तथा गुल्सन झा र अविनाश बोहराले समान १ विकेट लिएका छन्।
