काठमाडौँ– सरकारले सहसचिवहरू राधिका अर्याल र विश्ववाबु पुडासैनीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले अर्याल र पुडासैनीलाई सचिवमा बनाउने निर्णय गरेको हो।
सचिवहरू दामोदर रेग्मी र अर्जुनजङ्ग थापा उमेरहदका कारण अनिवार्य अवकाशमा गएपछि रिक्त स्थानमा उनीहरुलाई सचिव बनाउन लागिएको हो।
भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाले अर्याल र पुडासैनीलाई सचिव बनाउने निर्णय भएको जानकारी दिए।
पहिलो नम्बरमा सिफारिस अर्याल लुम्बिनी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका (देउखुरी), की कायम मुकायम प्रमुख सचिव छन्।
ज्येष्ठताबाट एकल नम्बरमा सिफारिस पुडासैनी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा कार्यरत छन्।
