काठमाडौं- युनिफर्ममै झगडा गर्ने दुई पाइलट निलम्बनमा परेका छन्।
नेपाल नागरिक उड्डयन प्राधिकरणले रामेछापस्थित मन्थली विमानस्थलमा हात हालाहाल गर्ने दुवै पाइलटलाई निलम्बन गरेको हो।
प्राधिकरणले तारा एयरका क्याप्टेन सन्तोष शाह र सञ्जीव श्रेष्ठलाई निलम्बन गर्ने र थप अनुसन्धान गरी कारवाही प्रक्रिया अगाडि बढाउने जनाएको छ।
शुक्रबार बिहान लुक्लाबाट मन्थली विमानस्थलमा जहाज अवतरण गराएपछि उनीहरुबीच हात हालाहाल भएको थियो।
तारा एयरले भने व्यक्तिगत कारणले उनीहरुबीच झगडा भएको जनाएको छ।


