२०८३ कार्तिक १४ गते शुक्रबार

उद्धार र राहतको काम एकद्वार प्रणालीबाट हुन्छ : गृहमन्त्री श्रेष्ठ

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक १८
Narayan Kaji Shrestha(1)

काठमाडौँ-  उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले उद्धार र राहतका काम एकद्वार प्रणालीबाट लागू गर्ने निर्णय गरेको बताएका छन्।

गृह मन्त्रालयको आकस्मिक बैठकपछि उनले उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाललाई परिचालित गरेको भन्दै आवश्यक परेको अवस्थामा अझ जनशक्ति पठाउने निर्णय गरेको बताए।

उनले भने, ‘रेस्क्यूको लागि आवश्यकताअनुसार दक्ष जनशक्ति पठाउनेछौं। बिहानदेखि नै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल परिचालन भएका छन्। उद्धार र राहतका कामहरु एकद्वार प्रणालीबाट लागू गर्ने निर्णय पनि गरिसकेका छौ।’

उनले आवश्यकताअनुसार कम्बल, पाल, खानेकुराहरुको व्यवस्था गर्नुको साथै भूकम्पको कारणले अवरुद्ध भएका सडकहरुलाई चाँडै खुलाउनका लागि पनि प्रयासहरु भइरहेको बताए।

‘आजको आवश्यकता हेरेर हामीले कम्बल, पाल, खानेकुराका लागि जे जे आवश्यक हुन्छ त्यसको व्यवस्था भइसकेको छ, पुगेन भने तुरुन्तै खबर गर्न प्रादेशिक सरकार र जिल्ला व्यवस्थापन समितिहरुलाई निर्देशन दिएका छौँ,’ उनले भने, ‘त्यसको तत्काल व्यवस्था गर्छौँ। भूकम्पको अवरुद्ध भएका सडकलाई केही घण्टाभित्रै खुलाउनका लागि आवश्यक सामग्री पुगिसकेको छ। सडक विभागलाई त्यसको जिम्मेवारी दिएका छौं।’

उनले प्रधानमन्त्रीको निर्देशनमा घाइतेहरुको सम्बन्धित स्थानमा उपचारको व्यवस्थालाई पहिलो प्राथमिकतामा राख्दै खोजी, उद्धार र रिलिफलाई प्रमुख नीति बनाएको बताए।

उनले भने, ‘प्रधानमन्त्रीको निर्देशनमा घाइतेहरुको सम्बन्धित स्थानमा उपचारको व्यवस्थालाई पहिलो प्राथमिकतामा राखेर त्यो काम भइरहेको छ। अहिले हाम्रो प्रमुख नीति सर्च, रेस्क्यू र रिलिफलाई बनाएका छौ त्यसअन्तरगत हामीले मूल बेश सुर्खेतलाई बनाउने र सहायक बेश नेपालगञ्जलाई बनाएर आवश्यक जनशक्ति, सामग्री र व्यवस्थापन त्यहाँबाट हुनेगरी व्यवस्था गरेका छौं।’

अहिलेसम्मको विवरणमा भूकम्पबाट १३८ जनाको मृत्यु भएको छ भने १ सय ६१ जना घाइते भएका छन्। घाइतेहरु रुकुम र जाजरकोटका छन्।

यस्तै, दैलेख, रोल्पा र जुम्लामा ७ जना घाइते भएका छन्।

प्रकाशित: २०८० कार्तिक १८ गते शनिवार ०३:५०
प्रतिक्रिया

थप समाचार

पत्रकारहरूमाथि प्रहरीको धरकपड

काठमाडौँ: विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकार र मिडिया हाउसहरूमाथि धरपकड गरेको छ। शुक्रबार सादा पोशाकमा कार्यालयमै पुगेर प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि...

कर्णालीमा बैंकको कर्जा लगानी ६६ अर्ब ८५ करोड, सुर्खेतमै ६० प्रतिशत केन्द्रित

काठमाडौँः कर्णाली प्रदेशका बैंक तथा वित्तीय संस्थामा निक्षेप संकलन उल्लेख्य रूपमा बढे पनि सोही अनुपातमा प्रदेशभित्र कर्जा लगानी विस्तार हुन सकेको छैन। कर्णालीबाट संकलित १ खर्ब ११ अर्ब १५...

कर्णाली डेभलपमेन्ट बैंकका ३५ सेयरधनीको सेयरपूँजी १ प्रतिशतमा झारिएको विवरण पुनः सार्वजनिक

काठमाडौँः समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकका ३५ जना सेयरधनीको सेयरपूँजी घटाइएको विवरण आज सार्वजनिक गरिएको छ। नेपाल राष्ट्र बैंकबाट गठित व्यवस्थापन समूहले यसअघि नै सम्बन्धित सेयरधनीहरूको...

सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवमा हेटौँडा शाखाद्वारा रक्तदान कार्यक्रम

हेटौँडा: सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवका अवसरमा हेटौँडा शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। नेपाल रेडक्रस सोसाइटीको सहयोगमा आयोजित कार्यक्रममा ४२ जनाले रक्तदान गरेका...

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना