काठमाडौँ- आईसीसी टी-२० विश्वकप एसिया छनोटको उपाधिका लागि ओमानविरूद्ध ब्याटिङ गरिरहेको नेपालले ४ विकेट गुमाएको छ। १२.२ ओभरसम्म खेल्दा ४ विकेट गुमाएर नेपालले ७१ रन जोडेको अवस्थामा खेलिरहेको छ।
ओपनर आशिफ शेख, कुशल मल्ल, कुशल भुर्तेल र सन्दीप जोरा आउट भएका हुन्। कुशल भुर्तेल ३१ रन, सन्दीप जोरा १० रन, आसिफ शेख ६ रन र कुशल मल्ल ३ रन जोडेर आउट भएका हुन्।
आशिफ शेख २.४ ओभरमा, जोरा ६.१ ओभरमा र कुशल भुर्तेल ७.१ ओभरमा आउट भएका हुन्। कुशल मल्ल ९.६ ओभरमा आउट भए।
कुशल भुर्तेल र कुशल मल्ल अकिब इलियासको बलमा आउट भए।


