पोखरा- एल सी ब्रदर्श युनाइटेड पोखरा लामाचौरको आयोजनामा जारी फुटबल प्रतियोगितामा प्रि–क्वाटरफाइनलका खेल सम्पन्न भएका छन्। प्रतियोगिताबाट मंगलबार अन्तिम आठमा पुग्ने टोलीको टुंगो लागेको छ।
आज सम्पन्न पहिलो खेलमा एलजी एसोसिएसनले हेम्जा युनाईटेडलाई २–० गोल अन्तरले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ। एलजीका लागि खेलको २१औं मिनेटमा अनुज भण्डारीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। दोस्रो हाफको अन्तिम मिनेटमा आशिष गुरुङले १ गोल गरे।
दोस्रो खेलमा ढिकुरपोखरी युवा समाजले रञ्जन मेमोरियल लामाचौरलाई १-० गोलले हराउदै क्वाटर फाईनलको यात्रा तय गर्यो। ढिकुरपोखरी का लागी खेल सुरुवातको ३ मिनेट मै आयुष गुरुङले गरेको गोलनै जितका लागी निर्णायक रह्यो।
यसअघिका प्रि–क्वाटरफाईनल खेलबाट नेपाल प्रहरी गण्डकी प्रदेश, बाँनिया ब्रलर्श लामाचौर, शितल ज्याती युवा क्लब, आदर्श युवा क्लब क्वार्टरफाइनलमा प्रवेश गरिसकेका छन् भने गण्डकी स्पोट्र्स क्लब र एन टु कफी सप वाई मार्फत सिधै क्वार्टरफाइनलको यात्रा तय गरेका हुन्।
बुधवारदेखि क्वाटरफाइनलका खेल हुनेछन्। बुधबार नेपाल प्रहरी गण्डकी प्रदेश र शितल ज्याति युवा क्लबबीच पहिलो क्वार्टरफाइनल खेल हुनेछ। दोस्रो खेल बाँनिया ब्रदर्श लामाचौर र आदर्श युवा क्लब भण्डारढिकबी हुनेछ।
कार्तिक १९ देखि सुरु भएको प्रतियोगितामा कुल १४ टोलीको सहभागिता थियो। खेल विजेताले २ लाख र दोस्रो हुने टोलीले १ लाख रुपैयाँ साथमा ट्रफी, मेडल र प्रमाणपत्र साथै विधागत पुरस्कार प्राप्त गर्ने छन्।
प्रतियोगिता कार्तिक २५ गते सम्म सञ्चालन हुने खेल संयोजक विशाल नेपालीले जानकारी दिए।


