२०८३ कार्तिक ११ गते मङ्गलबार

नक्कली धनी खडा गरी जग्गा बिक्री गर्नेविरुद्ध भष्ट्राचार मुद्दा, ५ करोड बिगो दाबी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक २३
Nepal Click

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली जग्गाधनी खडा गरी जग्गाको कारोबार गर्ने एक गैर नेपालीविरुद्ध भष्ट्राचार मुद्धा दायर गरेको छ । आयोगले बिहीबार भारतीय नागरिक अनुप मेहराविरुद्ध ५ करोड ५ लाख ४२ हजार रुपैयाँ उपर बिगो दाबीसहित गैरकानुनी लाभ तथा हानी गरेको भन्दै विशेष अदालतमा आरोप पत्र दायर गरेको हो ।

विशेष अदालत, काठमाडौंमा विचाराधीन रहेको वादी नेपाल सरकार र प्रतिवादी टीकाराम ज्ञवालीसमेत भएको गैर–नेपाली नागरिकलाई नक्कली जग्गाधनी खडा गरी जग्गा बिक्री वितरण गरी भ्रष्टाचार गरेको मुद्दामा जग्गा बिक्रीकर्ता अनुप मेहरा भारतीय नागरिक भएको देखिन आएको थियो ।

गैर–नेपाली नागरिक अनुप मेहराले हदबन्दीबाट नेपाल सरकारको नाममा आउनुपर्ने जग्गाहरु भूमिसुधार कार्यालय नवलपरासीका तत्कालीन भूमिसुधार अधिकारीलाई प्रलोभनमा पारी मिलेमतो गरी गलत कागजातका आधारमा कानून विपरीत तीन परिवार संख्या कायम गरी गैर–कानूनी निर्णय गर्न लगाएको, सोही निर्णयलाई कार्यान्वयन गराउन मालपोत कार्यालयका तत्कालीन कार्यरत प्रमुख मालपोत अधिकृतसमेतलाई अनुचित प्रभावमा पारी मिलेमतो गरेको, लामो समयदेखि हदबन्दी रोक्का रहेको जग्गा भूमिसुधार कार्यालयले हदबन्दी रोक्का फुकुवा गर्ने निर्णय गरेकोमा उक्त जग्गाहरुमध्ये २०५८ सालमा संशोधन भएको जग्गाको हदबन्दी अनुसार नेपाल सरकारको नाममा छाड्नुपर्ने र व्यक्तिले आफूले रोज्न पाउने जग्गा मात्र बेचबिखन गर्न पाउनुपर्ने थियो ।

तर, अनुपकुमार खत्रीको नामबाट नाताप्रमाणित, मृत्युदर्ता प्रमाणपत्र लगायतका कागजातहरु स्थानीय निकायका पदाधिकारीहरूलाई प्रलोभनमा पारी भारतमा बसोवास गर्ने व्यक्तिलाई नेपालमै बसोवास गर्ने प्रेमशरण खत्री, कमला खत्री लगायका व्यक्तिहरु नेपालको गेरमी गाविस मै मृत्यु भएको भनी गलत कागजातहरु बनाएको पाइएको छ । अनुप कुमार खत्रीको हक हुन जाने जग्गाहरु भारतीय नागरिक पिएस मेहराको छोरा भनी निज अनुप मेहराको नामवाट बिक्री बितरण गराएको पाइएको हो । यसरी सम्बन्धित हकवाला व्यक्ति नै फरक पारी नेपाल सरकारको नाममा आउनुपर्ने जग्गाहरु सरकारी कर्मचारीहरूको मिलेमतो र संलग्नतामा हकवालाभन्दा फरक व्यक्तिवाट बिक्री बितरण गराउँदा विक्री गरिएका सम्पूर्ण जग्गाहरु लिखत मूल्य अनुसारको रकम पाँच करोड पाँच लाख बयालीस हजार रुपैया हानी नोक्सानी गरेको पुष्टि हुन आएको आयोगको आरोप पत्रमा उल्लेख छ ।

जग्गा बिक्री गर्ने कसुरमा संलग्न भारतीय नागरिक अनुप मेहरालाई भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ८ को उपदफा १ (ज) र ऐ. ऐ. को दफा १७, दफा ९ र दफा १२ बमोजिमको कसुरको सम्पत्ति लिने खाने प्रकारको मतियार भई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिवन्धात्मक वाक्याशं बमोजिमको कसुर गरेको हुँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा १ (ज), दफा १७, दफा ९ र दफा १२ बमोजिम हुने सजायलाई आधार मानी बिगो पाँच करोड पाँच लाख बयालीस हजार रुपैया कायम गरी बिगो असुल उपर गरि कारबाही गर्न भनेको छ ।

प्रकाशित: २०८० कार्तिक २३ गते बिहिबार ०५:२७
प्रतिक्रिया

थप समाचार

विदेशी खेलाडी ल्याउँदा भिसा, कर र भुक्तानी जटिलताले फ्रेन्चाइजलाई चुनौती

विदेशी खेलाडीले २५ प्रतिशत कर तिर्नुपर्ने व्यवस्था, व्यावसायिक भिसाको अभाव र पर्यटक भिसामा प्रवेश गरेपछि भिसा परिवर्तन गर्नुपर्ने प्रक्रियाले अन्तर्राष्ट्रिय खेलाडीको सहभागिता व्यवस्थापन...

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...

नीतिगत दरले बैंकको ब्याजदेखि बजारसम्म कसरी असर गर्छ?

नीतिगत ब्याजदर भनेको केन्द्रीय बैंकले अर्थतन्त्रमा कर्जा र पैसाको प्रवाहलाई प्रभावित गर्न निर्धारण गर्ने प्रमुख ब्याजदर हो। नेपालमा यस्तो दर नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत प्रयोग...

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

३ हजारको सामान किनेकी सन्तमायाले जितिन् १० लाख, १ लाख जित्ने १६ जना को? [सूची]

काठमाडौँ: नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गरेर लिएको बिलका आधारमा १० लाख रुपैयाँ जितेकी छन्। आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत गोलाप्रथाबाट...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना