२०८३ कार्तिक १४ गते शुक्रबार

सुन-पैसा लुट्न गएका नातेदारले नै मारेका थिए श्रीदेवी र तीन सन्तान

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक २४
mugu_murder

काठमाडौं- मुगुमा एकै परिवारका चार जनाको सामूहिक हत्याको आरोपमा दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा छायानाथ रारा गाउँपालिका-६ मुन्डु बस्ने ३१ वर्षीय गोरखबहादुर शाही र सोही ठाउँ घर भई हाल बाँके वैजनाथ गाउँपालिका बस्ने ३१ वर्षीय गोपाल बोहरा रहेका छन्।

उनीहरूलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो। दुबैमाथि अनुसन्धान जारी भएको भन्दै कर्णाली प्रदेश प्रहरी प्रमुख भीम ढकालले दिउँसो सार्वजनिक गर्ने बताए। प्रहरी स्रोतका अनुसार दुबै हत्या गरिएका परिवारका नातेदार हुन्।

कात्तिक ८ गते राति करिब साढे ८-९ बजेतिर छायानाथ रारा नगरपालिका-६ मुन्दुकी २८ वर्षीया श्रीदेवी बोहोरा, उनका ११ वर्षका छोरा मनोज, सात वर्षकी छोरी अप्सरा र पाँच महिने छोरा रहरको हत्या भएको थियो।

कात्तिक ८ गते दसैंको टीकाको भोलिपल्ट बेलुका माइतीबाट घर फर्केकी श्रीदेवीसहित चारै जनाको राति हत्या भएको थियो।

हत्यापछि शाही र बोहराले घरमा ताला लगाएर भागेका थिए। छिमेकीहरूले कात्तिक ९ गते बिहानदेखि श्रीदेवीको घरमा ताला लगाएको देखेका थिए। श्रीदेवीको माइतमा फोन गर्दा घर फर्किसकेको बताएपछि छिमेकीले भोलिपल्ट प्रहरीलाई खबर गरेका थिए।

खुकुरी प्रहार गरी हत्या गरेको अवस्थामा चारै जनाको शव फेला परेको थियो।

शाही श्रीदेवीका सानोबुवा हुन्। उनी नातामा काका पनि पर्छन्। बोहरा श्रीदेवीका बूढामावलीतर्फ नातामा देवर पर्छन्।

प्रहरी स्रोतका अनुसार दुबैले सुन र नगद लुट्ने योजनाका साथ घरभित्र छिरेका थिए।

श्रीदेवीको कानमा लगाएको गहनासहित करिब सात-आठ तोला सुन उनीहरूले लुटेको प्रहरीले जनाएको छ। उनीहरूले नगद पनि लुटेर लगेका थिए। तर, के कति नगद भन्ने खुलेको छैन।

यसरी गरेका थिए हत्या
अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतका अनुसार शाही र बोहरा सुरूमा श्रीदेवीको घर पसे।

राति नातामा पर्ने व्यक्ति घरमा आउँदा श्रीदेवीले अन्यथा मानिनन्। श्रीदेवी आफ्नो पाँच महिने छोरासँग थिइन्।

जेठा छोरा मनोज र छोरी अप्सरा अर्कै कोठामा थिए।

गोपाल बोहरा उनीहरूको कोठामा छिरे। दुबैले गोपाललाई चिनिहाले। उनीहरू मोबाइलमा गीत सुनिरहेका थिए। उनले मोबाइलको भोलुम ठूलो बनाइदिए।

गोरख श्रीदेवीकै कोठामा थिए। मोबाइलको भोलुम ठूलो बनाएपछि बोहरा श्रीदेवीकै कोठामा फर्किए।

कानको गहना, अन्य सुन र नगद लुटेपछि गोपालले श्रीदेवी र पाँच महिने छोरालाई खुकुरी हानेर मारे।

त्यसपछि गोरख र गोपाल बाहिर निस्किए।

गोपालले भने, ‘छोराछोरीले चिन्छन्, अब के गर्ने?’

‘त्यसपछि मनोज र अप्सराको हत्या गर्ने निचोडमा पुगे,’ अनुसन्धानमा संलग्न ती अधिकृतले भने।

गोपालको बयानअनुसार मनोज र अप्सराको हत्या गोरखले गरेका हुन्। हत्यापछि ढोकामा ताल्चा लगाएर दुबै जना भागेका थिए। दुबैले हत्या स्वीकार गरिसकेको ती अधिकृतले बताए।

‘उनीहरूले नगद कहाँ लगे, के गरे भन्ने विषयबारे सोधपुछ भइरहेको छ,’ ती अधिकृतले भने।

श्रीदेवीका श्रीमान् विगत पाँच-छ वर्षदेखि वैदेशिक रोजगारीका लागि कतार जाने-आउने गरिरहेका थिए।

दसैंको बेला सामूहिक हत्या भएपछि कर्णाली प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय मुगु र केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले अनुसन्धान थालेको थियो।

प्रकाशित: २०८० कार्तिक २४ गते शुक्रबार ०८:३३
प्रतिक्रिया

थप समाचार

पत्रकारहरूमाथि प्रहरीको धरकपड

काठमाडौँ: विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकार र मिडिया हाउसहरूमाथि धरपकड गरेको छ। शुक्रबार सादा पोशाकमा कार्यालयमै पुगेर प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि...

कर्णालीमा बैंकको कर्जा लगानी ६६ अर्ब ८५ करोड, सुर्खेतमै ६० प्रतिशत केन्द्रित

काठमाडौँः कर्णाली प्रदेशका बैंक तथा वित्तीय संस्थामा निक्षेप संकलन उल्लेख्य रूपमा बढे पनि सोही अनुपातमा प्रदेशभित्र कर्जा लगानी विस्तार हुन सकेको छैन। कर्णालीबाट संकलित १ खर्ब ११ अर्ब १५...

कर्णाली डेभलपमेन्ट बैंकका ३५ सेयरधनीको सेयरपूँजी १ प्रतिशतमा झारिएको विवरण पुनः सार्वजनिक

काठमाडौँः समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकका ३५ जना सेयरधनीको सेयरपूँजी घटाइएको विवरण आज सार्वजनिक गरिएको छ। नेपाल राष्ट्र बैंकबाट गठित व्यवस्थापन समूहले यसअघि नै सम्बन्धित सेयरधनीहरूको...

सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवमा हेटौँडा शाखाद्वारा रक्तदान कार्यक्रम

हेटौँडा: सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवका अवसरमा हेटौँडा शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। नेपाल रेडक्रस सोसाइटीको सहयोगमा आयोजित कार्यक्रममा ४२ जनाले रक्तदान गरेका...

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना