काठमाडौं- एनएमबी बैंकले एनएमबी डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरुको लागि तुरुन्त २०० क्यासब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको छ । तिहारमा विद्यत्तीय कारोबार प्रोत्साहन गर्ने उदेश्यले नोभेम्बर ११ देखि नोभेम्बर १९ सम्म,बैंकको डेबिट कार्ड प्रयोग गरी एइक्वा ई–कमर्स कारोबारमा क्यासब्याक प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
क्यासब्याक प्राप्त गर्न एक पटकमा एक हजारको न्यूनतम भुक्तानी गर्नुपर्ने बैंकले जनाएको छ । एनएमबी बैंकले हाल देशभरी २०१ शाखाहरु, १५७ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।


