काठमाडौँ- यस वर्षको लक्ष्मीपूजा (दीपावली)मा देशमा ४५ अर्ब रुपैयाँ बराबर विद्युतीय बत्ती (झिलिमिली बत्ती) आयात भएको छ। व्यवसायीका अनुसार यसवर्षको तिहारमा झिलिमिलि बत्ती आयात भएअनुसार कारोबार भने कम भएको छ।
अघिल्लो वर्षको तिहारमा ३६ अर्ब झिलिमिलि बत्तीको कारोबार भएको थियो। यसवर्षको तिहारमा ४५ अर्बको झिलिमिलि बत्तीको कारोबार भइरहेको छ। अघिल्लो वर्षको तिहारको तुलनामा यसवर्ष झिलिमिली बत्तीको आयात बढेको पनि देवकोटाले बताए।
‘स्वाभाविक रुपमा उज्यालोको पर्वका रुपमा यो पर्वलाई लिने गरिएकाले खासगरी दीपावलीमा मालाबत्तीको बिक्री राम्रो छ। तर, अहिले आर्थिक स्थिति संकुचन भएको अवस्थाका कारण माग कम र आपूर्ति बढी भइरहेको अवस्था छ,’ उनले भने, ‘अघिल्लो वर्ष तिहारमा ३६ करोडको झिलिमिली बत्ती आयात भएको हो। अहिले आयात केही बढेको छ। ४५ अर्ब झिलिमिली बत्तीय यसपालीको तिहारका लागि आयात भएको छ।’
यद्यपि अपेक्षाकृत कारोबार भने नभएको नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष रेशम प्रसाद देवकोटाले नेपाल क्लिक्सलाई जानकारी दिए। अपेक्षाका तुलनामा झिलिमिलि बत्तीको कारोबार ३० प्रतिशतले कमी आएको उनले बताए।
‘मुलुकमा उत्पन्न आर्थिक मन्दीले पनि विद्युत्तीय बत्तीहरुको कारोबारमा कमी आएको छ। आयात बढे पनि माग र खरिद गर्ने दर घट्यो,’ उनले भने।
नेपालमा झन्डै ९० प्रतिशत विद्युत्तीय बत्ती चीनबाट आयात हुन्छ। ७ प्रतिशत हाराहारीका झिलिमिली बत्ती भारतबाट पनि आयात हुने गरेको महासंघले जनाएको छ।
‘झिलिमिली बत्तीको माग बढाउन घरहरु धेरै नै निर्माण हुनुपर्यो। नयाँ घरमा दशैं वा दीपावलीमा हर्षोल्लास गर्ने हो चलन हुन्छ। त्यो क्रम अघिल्ला वर्षमा थियो,’ अध्यक्ष देवकोटाले भने, ‘यसपालि नयाँ घर त्यति नबनेका कारण पनि माग घटेको जस्तो लाग्छ।’

लक्ष्मीपूजामा काठमाडौँ उपत्यका।
