काठमाडौँ– यसवर्षको भाइटीकाको उत्तम साइत बिहान १० बजेर ५१ मिनेटमा परेको छ।
बुधबार परेको भाइटीकाको उत्तम साइत तोकिए पनि दिनभर नै टीका लगाइदिन/लगाउन हुने नेपाल पञ्चांग निर्णायक समितिले जानकारी दिएको छ।
भाइटीकाका दिन मात्र सर्वसाधारणका लागि खुला गरिने काठमाडौँस्थित रानीपोखरीको बालगोपालेश्वर मन्दिर पनि बिहानैदेखि खुला भइसकेको काठमाडौँ महानगरले जानकारी दिएको छ।
