बुटवल- लुम्बिनी प्रदेश सरकारले प्रदेशका चार जिल्लामा सोमबार पनि सार्वजनिक बिदा दिने भएको छ। छठ पर्वको समापनको अवसरमा ती जिल्लामा सार्वजनिक बिदा दिने निर्णय सरकारले गरेको हो।
नवलपरासी, रुपन्देही, कपिलवस्तु र बाँके जिल्लामा सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरिएको लुम्बिनीको गृह मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ।
आइतबार संघीय सरकारले छठका अवसरमा बिदा दिने निर्णय यसअघि नै गरिसकेको छ।



