काठमाडौं- एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा भारतले अस्ट्रेलियालाई २४१ रनको लक्ष्य दिएको छ। गुजरातको अहमदावादस्थित नरेन्द्र मोदी क्रिकेट स्टेडियमा भएको खेलमा भारतले २४० रन बनाएर २४१ रनको लक्ष्य दिएको हो।
टस जितेर बलिङ रोजेको अस्ट्रेलियाली टिमका जोस ह्याजलवुडले भारतका सूर्यकुमारलाई ४७.३ ओभरमा आएट गराए। सूर्यकुमारले २८ बलमा १८ रन बनाए।
आडम जम्पाले भारतीय खेलाडी जसप्रित बुमराहलाई ४४.५ ओभरमा आउट गराए। बुमराहले ३ बलमा १ रन मात्र बनाएर आउट भए।
अस्ट्रिलियाका मित्सेल स्टार्सले भारतका केएल राहुललाई ४१.३ ओभरमा आउट गराए। राहुलले १०७ बलमा ६६ रनको योगदान गरे।
अस्ट्रेलियाका वलर जोस ह्याजलउडले भारतका अलराउन्डर रविन्द्र जडेजालाई आउट गराएका थिए। जडेजा २२ बल खेल्दै ९ रन बनाएर पेबेलियन फर्किए।
यसअघि खेलको २८.३ ओभरमा अस्ट्रेलियाका प्याट कमिङ्गसले विराट कोहलीलाई आउट गराएका थिए। कोहलीले ६३ बलमा ४ चौकासहित ५४ रन जोडेर आउट भएका थिए।
भारतका ओपनिङ ब्याट्सम्यान शुभमन गिल पाँचौ ओभरमा ४ रनमै आउट भएका थिए।
दशौं ओभरमा कप्तान रोहित शर्मा ४७ रनमा आउट हुँदा ११ औं ओभरमा कप्तान कमिङ्गसले भारतका श्रेयष अय्यर ४ रनमा आउट भएका थिए।
अस्ट्रेलियाले एकदिवसीय क्रिकेटको उपाधि ५ पटक जितेको छ भने भारतले दुई पटक जितेको छ। यसपटकको विश्वकपमा भारत अपराजित छ।
भारतका प्रधानमन्त्री र अस्ट्रेलियाका उपप्रधानमन्त्री मैदानमा
विश्वकप क्रिकेटको फाइनल हेर्न अस्ट्रेलियाका उपप्रधानमन्त्री रहेका रक्षामन्त्री भारत आएका छन्। अस्ट्रेलियाका रक्षामन्त्री रिचार्ड मार्लिज मैदानमा उपस्थित भएका हुन्। उता भारतीय पक्षबाट प्रधानमन्त्री नरेन्द्र मोदी नै मैदान पुगेका थिए।
एकदिवसीय क्रिकेटको फाइनल खेल सुरु हुनुअघि भारतको अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा विमान उडाएर खुसियाली मनाइएको थियो।
‘फ्री प्यालेस्टाइन’टीसर्ट लगाएर कोहलीलाई अंगालो हाल्न मैदान पुगिन् दर्शक
काठमाडौँ- भारत र अस्ट्रेलियाबीच भइरहेको एकदिवसीय क्रिकेटको फाइनल खेलमा एक दर्शक मैदान प्रवेश गरेकी छन्। मैदान प्रवेश गरेकी दर्शकले ‘फ्री-प्यालेस्टाइन’लेखेको टिसर्ट लगाएकी थिइन्।

तस्बिर : गेट्टी इमेजेज
उनले खेलमा ब्याटिङ गरिरहेका भारती खेलाडी विराट कोहलीलाई अंगालो नै हाल्न पुगेकी थिइन्।
यसपछि सुरक्षाकर्मीहरूले उनलाई पिचबाहिर निकालेका थिए। खेलमा कोहलीले अर्धशतक बनाएका छन्। उनले ६३ बलमा ५४ रन बनाएर आउट भएका हुन्। उनले चार चौका प्रहार गरेका थिए।
खेल भारतको अहमदावादस्थित नरेन्द्र मोदी क्रिकेट मैदानमा जारी छ। नेपाली समयअनुसार खेल २ बजेर १५ मिनेटमा सुरु भएको थियो।


