२०८३ कार्तिक १५ गते शनिवार

इजरायलले भन्यो- विपीन जोशी हमासको नियन्त्रणमा छन्

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर ४
bipin joshi

काठमाडौँ- अक्टोबर ७ मा प्यालेस्टिनी लडाकु समूह हमासले इजरायली क्षेत्रमा आक्रमण गरेपछि सम्पर्कविहीन विपिन जोशी हमासकै नियन्त्रणमा रहेको इजरायलले बताएको छ। इसराइली डिफेन्स फोर्स (आइडिएफ)का प्रवक्ताले नेपाली दूतावासलाई जोशी हमासकै नियन्त्रणमा रहेको जानकारी पठाएको हो।

‘७ अक्टोबर २०२३ मा दक्षिणी ईजरायलको किब्बुज-अलुमिम मा हमास समूहले आक्रमण गरी बन्धक बनाएर गाजातर्फ लगेकाहरु भध्येमा नेपाली विद्यार्थी श्री विपिन जोशी पनि रहेको ईजरायल डिफेन्स फोर्सका प्रवक्ताले जानकारी दिएका छन्,’ दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

दूतावासले जोशी हालसम्म पनि सम्पर्कविहीन रहेको बताउँदै खोजी कार्य जारी रहेको जानकारी दिएको छ।

यता परराष्ट्र मन्त्रालयले पनि जोशी अस्पतालमा रहेको भन्ने सूचना मन्त्रालयमा आएको बताएको छ। परराष्ट्र प्रवक्ता सेवा लम्सालका अनुसार इजरायल सरकारले तेल अविवस्थित नेपाली दूतावासलाई जोशी फेला परेको सूचना दिएको हो। सोही जानकारी नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई पठाएको हो।

‘विपिन जोशी गाजा क्षेत्रमा रहेको जानकारी आएको छ,’ उनले भनिन्, ‘विपिनसँग प्रत्यक्ष कुराकानीको प्रयास भइरहेको छ।’

परराष्ट्र मन्त्री एनपी साउदको सचिवालयले पनि विपीन विपिन गाजा क्षेत्रमा फेला परेको जानकारी आएको बताएको छ।

उनको उद्धारका लागि कतार सरकारसँग समन्वय भइरहेको मन्त्रालयले जानकारी दिएको छ।

सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान संकायमा अध्ययनरत विपिन सहितका ४९ विद्यार्थीहरु ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत गत भदौ २७ गते इजरायल गएका थिए।

असोज २० गते किबुजस्थित कृषि फार्ममा हमासले गरेको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का जोशी

सम्पर्कविहीन भएका थिए। उनलाई हमास समूहले अपहरण गरेर बन्धक बनाएको अनुमान गरिएको थियो।

विपीनका आमा–बुवासँग भेटेर परराष्ट्रमन्त्री एनपी साउदले उनको अवस्था पत्ता लगाउन प्रयास भइरहेको बताएका थिए।

इजरायली सेनाले आइतबार राति अबेर एक भिडियो पोस्ट गर्दै नेपालीसहित थाई मूलका व्यक्तिलाई गाजाको शिफा अस्पतालमा देखिएको सीसीटीभी फुटेज प्राप्त भएको भन्दै ट्विट गरेको छ। उक्त भिडियोमा एक जना व्यक्ति घाइते देखिन्छन् भने अर्का एक व्यक्तिलाई कुनै कोठातर्फ लगिएको देखिन्छ। अर्को एक जनाको भने हात समातिएको देखिन्छ। यीमध्ये कुन व्यक्ति जोशी हुन् भन्ने खुलाइएको छैन।

प्रकाशित: २०८० मङ्सिर ४ गते सोमबार ०८:३१
प्रतिक्रिया

थप समाचार

पत्रकारहरूमाथि प्रहरीको धरकपड

काठमाडौँ: विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकार र मिडिया हाउसहरूमाथि धरपकड गरेको छ। शुक्रबार सादा पोशाकमा कार्यालयमै पुगेर प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि...

कर्णालीमा बैंकको कर्जा लगानी ६६ अर्ब ८५ करोड, सुर्खेतमै ६० प्रतिशत केन्द्रित

काठमाडौँः कर्णाली प्रदेशका बैंक तथा वित्तीय संस्थामा निक्षेप संकलन उल्लेख्य रूपमा बढे पनि सोही अनुपातमा प्रदेशभित्र कर्जा लगानी विस्तार हुन सकेको छैन। कर्णालीबाट संकलित १ खर्ब ११ अर्ब १५...

कर्णाली डेभलपमेन्ट बैंकका ३५ सेयरधनीको सेयरपूँजी १ प्रतिशतमा झारिएको विवरण पुनः सार्वजनिक

काठमाडौँः समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकका ३५ जना सेयरधनीको सेयरपूँजी घटाइएको विवरण आज सार्वजनिक गरिएको छ। नेपाल राष्ट्र बैंकबाट गठित व्यवस्थापन समूहले यसअघि नै सम्बन्धित सेयरधनीहरूको...

सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवमा हेटौँडा शाखाद्वारा रक्तदान कार्यक्रम

हेटौँडा: सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवका अवसरमा हेटौँडा शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। नेपाल रेडक्रस सोसाइटीको सहयोगमा आयोजित कार्यक्रममा ४२ जनाले रक्तदान गरेका...

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना