२०८३ साउन १३ गते बुधबार

इजरायलले भन्यो- विपीन जोशी हमासको नियन्त्रणमा छन्

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर ४
bipin joshi

काठमाडौँ- अक्टोबर ७ मा प्यालेस्टिनी लडाकु समूह हमासले इजरायली क्षेत्रमा आक्रमण गरेपछि सम्पर्कविहीन विपिन जोशी हमासकै नियन्त्रणमा रहेको इजरायलले बताएको छ। इसराइली डिफेन्स फोर्स (आइडिएफ)का प्रवक्ताले नेपाली दूतावासलाई जोशी हमासकै नियन्त्रणमा रहेको जानकारी पठाएको हो।

‘७ अक्टोबर २०२३ मा दक्षिणी ईजरायलको किब्बुज-अलुमिम मा हमास समूहले आक्रमण गरी बन्धक बनाएर गाजातर्फ लगेकाहरु भध्येमा नेपाली विद्यार्थी श्री विपिन जोशी पनि रहेको ईजरायल डिफेन्स फोर्सका प्रवक्ताले जानकारी दिएका छन्,’ दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

दूतावासले जोशी हालसम्म पनि सम्पर्कविहीन रहेको बताउँदै खोजी कार्य जारी रहेको जानकारी दिएको छ।

यता परराष्ट्र मन्त्रालयले पनि जोशी अस्पतालमा रहेको भन्ने सूचना मन्त्रालयमा आएको बताएको छ। परराष्ट्र प्रवक्ता सेवा लम्सालका अनुसार इजरायल सरकारले तेल अविवस्थित नेपाली दूतावासलाई जोशी फेला परेको सूचना दिएको हो। सोही जानकारी नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई पठाएको हो।

‘विपिन जोशी गाजा क्षेत्रमा रहेको जानकारी आएको छ,’ उनले भनिन्, ‘विपिनसँग प्रत्यक्ष कुराकानीको प्रयास भइरहेको छ।’

परराष्ट्र मन्त्री एनपी साउदको सचिवालयले पनि विपीन विपिन गाजा क्षेत्रमा फेला परेको जानकारी आएको बताएको छ।

उनको उद्धारका लागि कतार सरकारसँग समन्वय भइरहेको मन्त्रालयले जानकारी दिएको छ।

सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान संकायमा अध्ययनरत विपिन सहितका ४९ विद्यार्थीहरु ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत गत भदौ २७ गते इजरायल गएका थिए।

असोज २० गते किबुजस्थित कृषि फार्ममा हमासले गरेको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का जोशी

सम्पर्कविहीन भएका थिए। उनलाई हमास समूहले अपहरण गरेर बन्धक बनाएको अनुमान गरिएको थियो।

विपीनका आमा–बुवासँग भेटेर परराष्ट्रमन्त्री एनपी साउदले उनको अवस्था पत्ता लगाउन प्रयास भइरहेको बताएका थिए।

इजरायली सेनाले आइतबार राति अबेर एक भिडियो पोस्ट गर्दै नेपालीसहित थाई मूलका व्यक्तिलाई गाजाको शिफा अस्पतालमा देखिएको सीसीटीभी फुटेज प्राप्त भएको भन्दै ट्विट गरेको छ। उक्त भिडियोमा एक जना व्यक्ति घाइते देखिन्छन् भने अर्का एक व्यक्तिलाई कुनै कोठातर्फ लगिएको देखिन्छ। अर्को एक जनाको भने हात समातिएको देखिन्छ। यीमध्ये कुन व्यक्ति जोशी हुन् भन्ने खुलाइएको छैन।

प्रकाशित: २०८० मङ्सिर ४ गते सोमबार ०८:३१
प्रतिक्रिया

थप समाचार

आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति

काठमाडौँ:  आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति भएको छ। वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि उत्पन्न विवादपछि चिकित्सकहरू आन्दोलनमा उत्रिएका थिए। बुधबार...

सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप

काठमाडौँ: सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप गरेको छ। गृह मन्त्रालयले आज सचिवस्तरीय निर्णय गर्दै समितिमा ब्यालिस्टिक र फरेन्सिक हेर्ने गरी प्रहरी...

५ बुँदे मागसहित लघुवित्त पीडितहरू दुई दिनदेखि आमरण अनसनमा

काठमाडौँ: लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति, नेपालले सञ्चालन गरिरहेको लघुवित्त पीडितहरूको सामूहिक आमरण अनशन दोस्रो दिनमा पुगेको छ। काठमाडौँकाे माइतीघरमा जारी आन्दोलनमार्फत...

९ वटा विधेयक संसद्‌मा पेस गर्न स्वीकृति दिने मन्त्रिपरिषद्को निर्णय, कुन–कुन?

काठमाडौँ: सरकारले ९ वटा विधेयक सङ्घीय संसद् समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको...

बैंकिङ कसुर मुद्दामा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत रश्मी पन्त पक्राउ

काठमाडौँः बैंकिङ कसुरसम्बन्धी मुद्दामा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत (सीबीओ) रश्मी पन्त पक्राउ परेकी छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कर्जा प्रवाहमा भएको अनियमिततासम्बन्धी...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना