काठमाडौं- सिद्धार्थ बैंक लिमिटेडको २२ औं वार्षिक साधारण सभा मंगलबार सम्पन्न भएको छ।
बैंक सञ्चालक समितिका अध्यक्ष मनोज कुमार केडियाको अध्यक्षतामा सम्पन्न साधारणसभामा बैंकको चुक्ता पूँजी रु. १४,०८,९९,८०,१८५ (अक्षरेपी चौध अर्ब आठ करोड उनानसय लाख असी हजार एक सय पचासी रुपैँया मात्र) रहेको जनाइएको छ।
उक्त चुक्ता पूँजीको ४.२१ प्रतिशतका दरले हुने रु. ५९,३१,८८,१६६ (अक्षरेपी उनान्साठ्ठी करोड एकतीस लाख अठासी हजार एक सय छैसठ्ठी रुपैंया मात्र) नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्ने लगायतका प्रस्तावहरु पारित गरेको छ।


