काठमाडौं- समग्र रेमिटेन्स कम्पनीहरू मध्ये आइएमई लिमिटेड सबैभन्दा बढी आयकर तिर्ने कम्पनीको रूपमा सम्मानित भएको छ ।
राष्ट्रिय कर दिवस २०८० का अवसरमा बिहीबार काठमाडौँमा आन्तरिक राजश्व विभागद्वारा आयोजित विशेष समारोहमा अर्थमन्त्री डा. प्रकाशशरण महतबाट आइएमई ग्रुपका प्रबन्ध निर्देशक र आइएमई लिमिटेडका संस्थापक तथा सञ्चालक हेमराज ढकालले उक्त सम्मान ग्रहण गरेका हुन् ।
आर्थिक वर्ष २०७८/०७९ मा विभिन्न १६ विधामा सर्वाधिक आयकर तिर्ने कम्पनीहरूमध्ये रेमिटेन्सतर्फ आइएमई लिमिटेडले सबैभन्दा बढी आयकर बुझाउन सफल भएको थियो ।
सन् २००१ मा स्थापित आइमईले नेपालको समग्र रेमिटेन्स क्षेत्रलाई संस्थागत तुल्याउन नेतृत्वदायी भूमिका निर्वाह गर्दै आइरहेको छ । आइएमई लाई बैकिङ्ग सञ्जाल मार्फत विदेशी मुद्रा नेपाल भित्र्याएर औपचारिक अर्थतन्त्रको विकासमा उल्लेख्य योगदान गरेको मुख्य श्रेय जान्छ । यसैको सम्मान स्वरूप विभिन्न राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय सम्मानहरूबाट आइएमई सम्मानित हुँदै आएको छ ।
साधारण सेयर निष्कासन गर्ने तयारी गरिरहेको आइएमई सबैभन्दा बढी आयकर तिर्ने कम्पनीका रूपमा यसभन्दा अघि पनि पटक पटक सम्मानित हुँदै आएको छ ।
आफ्नो स्थापनादेखि नै रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्याउने आइएमईले सेवा शुभारम्भको २२औँ वर्षसम्ममा नेपालका सहरी तथा ग्रामीण क्षेत्रलाई समेट्ने गरी २ सय २५ आइएमई सेन्टर सहित ७७ जिल्लाका करिब १२ हजार सब एजेन्ट र बैङ्क तथा वित्तीय संस्थाका शाखामार्फत विदेशमा कार्यरत नेपालीहरूले दुः ख गरी कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आइरहेको छ ।


