काठमाडौँ- सर्वोच्च अदालतले माइतीघर मण्डलालाई निषेधित क्षेत्र घोषणा गर्नुको कारण मागेको छ।
न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासले शुक्रबार उक्त आदेश गरेको हो।
शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न पाउने नागरिकको हक कुण्ठित हुने गरी माइतीघर मण्डलामा निषेधित क्षेत्र घोषणा गर्नु गलत रहेको भन्दै अधिवक्ता स्वागत नेपालले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए।
निवेदकको माग अनुसार सर्वोच्चले अन्तरिम आदेश दिन भने अस्वीकार गरेको छ।
मंसिर ७ गते दुर्गा प्रसाई नेतृत्वको समूहले माइतीघरमा प्रदर्शन गर्ने तयारी गरेपछि काठमाडौँ जिल्ला प्रशासनले माइतीघरलाई निषेधित क्षेत्र घोषणा गरेको थियो।


