काठमाडौं- सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले इण्डियन चेम्बर अफकमर्सद्वारा आयोजित इमर्जिङ एसिया इन्सोरेन्स अवार्डको चौथो संस्करणमा ‘Best Strategies for Insurance Spreading’ अवार्ड जितेको छ । नेतृत्वदायी भूमिका निर्वाह गर्दै बीमाको क्षेत्रमा विशेष योगदान पु¥याएका एसिया महादेश भित्रका इन्स्योरेन्स कम्पनीहरु मध्येबाट उत्कृष्टहरुलाई इण्डियन चेम्बर अफकमर्सले बिगत ४ वर्ष देखी यो अवार्ड दिँदै आएको छ ।
मुम्बई, महाराष्ट्रमा आयोजित एक भव्य समारोहकाबीच सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुखकार्यकारी अधिकृत पोषक राज पौडेललाई उक्त अवार्ड प्रदान गरिएको हो । जीवन बीमा कम्पनी भरिमा बीमा सम्बन्धी सेवा विस्तार र बीमा सचेतना पु¥याउने कार्यमा सबै भन्दा उत्कृष्ट रणनीति अपनाएको कम्पनीको रुपमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीलाई यो पुरस्कार प्रदान गरिएको हो ।
भाद्र ०७, २०७४ बाट नेपाल बीमा प्राधिकरणबाट संचालनको अनुमति पाइ २०७४ साल कार्तिक ०२ गतेबाट सञ्चालनमा रहेकोे सिटिजन लाइफ इन्स्योरेन्स नेपालको फैलदो बीमा क्षेत्रकै उत्कृष्ट प्रतिनिधि बीमा कम्पनीहो ।
हाल देशभरका १४१ शाखा, उपशाखाहरु र लगभग ६१,००० भन्दा बढी अभिकर्ताहरुबाट सेवाग्राहीहरुलाई आर्थिक सुरक्षा, लगानी तथा बचतको अवसर दिँदै गुणस्तरीय सेवा प्रवाहमा सिटिजन लाइफ इन्स्योरेन्स सधैँ तयार रहेको कम्पनीले जनाएको छ ।


