काठमाडौं- आइएमइ लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, इन्डियन चेम्बर अफकमर्स द्वारा मुम्बईमा आयोजित प्रतिष्ठित चौथो इमर्जिङ एसियाइन्स्योरेन्स अवार्ड २०२३ मॉ बेस्ट लाइफ इन्स्योरेन्स अवार्ड–नेपाल’ को रुपमा सम्मानित भएको छ ।
विश्व विख्यात चार्टर्ड एकाउन्टेन्सी तथा कन्सल्टेन्सी संस्थालगायत थुप्रै संस्थाहरुद्वारा स्वतन्त्र रुपमा मूल्यांकन गरि विभिन्न वित्तीय सुचाड्ढहरुमा उत्कृष्ट कार्यसम्पादनको आधारमा उक्त अवार्ड प्रदान गरिएको होे।
भारतको मुम्बईमा आयोजित भव्य समारोहकाबीच आईएमई लाइफ इन्स्योरेन्सका प्रमुखकार्यकारी अधिकृत कवि फुयालले उक्त अवार्ड ग्रहण गरेका हुन । उक्त इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड समारोहमा अन्य थुप्रै बीमा कम्पनीहरुको सहभागिता रहेको थियो ।
