२०८३ कार्तिक २२ गते शनिवार

पाहुना पर्खिरहेको छ गाजने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

म्याग्दी, मङ्सिर ११
gajane

म्याग्दी- धार्मिक, ऐतिहासिक र पर्यटकीय सम्भावना बोकेको म्याग्दीको बेनी नगरपालिका–५ स्थित ‘गाजने’ पाहुना र पूर्वाधारको पर्खाइमा छ। दृष्यावलोकन, धार्मिक र ऐतिहासिक स्थल गाजने प्रचारप्रसार र पूर्वाधारको अभावमा ओझेलमा परेको हो।

पाँच सय वर्ष पुरानो नेपालकै पृथक शैलीको जगन्नाथ मन्दिर अवस्थित गाजने नजिकैको डाँडाबाट सूर्योदय, हिमशृङ्खला र पहाडी भूगोलको मनोरम दृष्य अवलोकन गर्न सकिन्छ।

सहज सडक यातायातको सुविधाको अभाव र गाजनेको ऐतिहासिक तथा धार्मिक महत्त्वका विषयमा प्रचारप्रसार नहुँदा ओझेलमा परेको जगन्नाथ गुठी सञ्चालन तथा व्यवस्थापन समितिका सचिव नीलकण्ठ शर्माले बताए।

‘तत्कालीन बाइसेचौबिसे राजा दिलिपबम (डिम्ब)ले विसं १९५० को दशकमा बनाएको शिखर शैलीको जगन्नाथ मन्दिरको आकार पृथक छ”, उनले भने, ‘गाजनेको नजिकै रहेको डढेकोटमा तत्कालीन पर्वत राज्यको दरबारको भग्नावशेष छन् । गुफाको डाँडाबाट हिमाल, सूर्योदय र पहाडी भूगोलको मनोरम दृष्य अवलोकन गर्न सकिन्छ।’

धार्मिक र पर्यटकीय हिसाबले चर्चित मुस्ताङको प्रवेशद्वारका रुपमा रहेको बेनी बजारदेखि गाडीमा एक घण्टाको यात्रामा पुग्न सकिने भए पनि जगन्नाथ मन्दिर, ऐतिहासिक डढेकोट दरबार र गुफाको डाँडो (केभहिल) सुनसान हुने गरेको गाजनेका बासिन्दा यामबहादुर बानियाँले बताए।

‘मुस्ताङ जाने आउने पर्यटक र भक्तजनलाई गलेश्वर, पछै, ढोलथान, जगन्नाथ, डढेकोट, केभहिल, टोड्केमा भित्र्याउन सकेमा उनीहरुको बसाई लम्बिने र स्थानीयवासीको आर्थिक गतिविधिमा सहयोग पुग्ने थियो,’ उनले भने, ‘यसका लागि धार्मिक पर्यटकीय करिडोर बनाएर यातायात र पर्यटन पूर्वाधार बनाउनुपर्ने देखिन्छ।’

जगन्नाथ, डिम्ब महाराज, गणेश, रामलक्ष्मण, कृष्ण, बलराम, नृसिंह, बलभद्र र सुभद्रादेवीको मुर्ति रहेको जगन्नाथ मन्दिरको दर्शन र पूजाआजा गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको स्थानीयवासी रामचन्द्र पौडेलले बताए।

उनका अनुसार कुखुरा र बङ्गुर नपालिने २५ घरधुरीको बसोबास रहेको गाजने गाउँभित्र मासु र मदिराको पनि उपभोग हुँदैन।

प्रसिद्ध पौराणिक ग्रन्थ ‘रामायण’का अनुसार महर्षि पुलस्त्यका नाति तथा विश्रवा ऋषिका छोरा रावणको जन्मभूमि र ऐतिहासिक पर्वत राज्यको राजधानीसमेत रहेको गाजनेको धुरीस्थित केभहिल प्राकृतिक सौन्दर्य र हिमशृङ्खला दृश्यावलोकन गर्न सकिन्छ।

समुन्द्री सतहदेखि दुई हजार चार सय मिटर उचाइमा रहेको केभहिलबाट धौलागिरि, नीलगिरि, अन्नपूर्णलगायत १४ हिमाल, पर्वत, बागलुङ, स्याङ्जा र कास्कीका ३० भन्दाबढी ग्रामीण क्षेत्रका साथै म्याग्दी जिल्लाका साविकका ३६ गाविस प्रत्यक्ष देख्न सकिने स्थानीय बासिन्दा रुद्रबहादुर श्रेष्ठले बताए।

गाजने धुरीमा रहेको डढेकोट दरबारमा तत्कालीन समयमा भीषण बज्रपातबाट दरबार नष्ट भएपछि ढोलठानामा नयाँ दरबार निर्माण गरिएको इतिहासमा उल्लेख छ।

विशाल, बलशाली र समृद्ध चौबिसी राज्यको सर्वाधिक लामो समयसम्म राजधानी रहेको गाजने र ढोलठाना हो भने सहराजधानी हुँदै धेरैपछि मात्र बेनी बजार राजधानी बन्न पुगेको म्याग्दीका इतिहासकार चन्द्रप्रकाश बानियाँद्वारा लिखित ‘ऐतिहासिक पर्वत राज्य’ नामक पुस्तकमा उल्लेख छ।

विसं १८४२ मा गोरखा–पाल्पाको संयुक्त फौजले पर्वते सेनालाई पराजित गर्नुअघि पर्वत राज्यको राजधानी ढोलठाना र सहराजधानी बेनीलाई बनाएको ‘कहिले राजा बेनी बागलुङ, कहिले राजा ढोर’ भनेर गाइने यहाँको लोकगीतका आधारमा पनि भन्न सकिन्छ।

बेनी नगरपालिका–५ का अध्यक्ष गोविन्द बानियाँले केभहिलमा दृष्य अवलोकन केन्द्र र गाजनेदेखि डढेकोट दरबार जोड्ने पदमार्ग निर्माण गरिएको बताए।

महायज्ञ आयोजना गरेर सङ्कलित रकमबाट रु ४७ लाख ९१ हजार नौ सय ७३ खर्च गरेर जगन्नाथ मन्दिरको पुनःनिर्माण गरिएको छ।

पुनःनिर्माण भएको मन्दिरको आइतबार उद्घाटन गर्न गाजने पुगेका गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जाली, प्रदेशसभा सदस्य हरि भण्डारी र विमला गौचनले बेनीदेखि पुलाचौर हुँदै गाजने जोड्ने सडक स्तरोन्नतिमा प्राथमिकता दिने प्रतिबद्धता जनाए।

‘पोखरादेखि मुस्ताङ र कोरला नाका आवतजावत गर्ने पर्यटकलाई म्याग्दीमा भुलाउन र अडाउन यहाँका धार्मिक, पर्यटकीय र ऐतिहासिकस्थलको विकास आवश्यक छ,’ मन्त्री जुग्जालीले भने, ‘म्याग्दीलाई व्यापारिक र धार्मिक मार्गका रुपमा विकास गर्ने प्रयास जारी छ।’

प्रकाशित: २०८० मङ्सिर ११ गते सोमबार ०५:२९
प्रतिक्रिया

थप समाचार

तिहार र छठमा विद्युत आपूर्ति प्रभावित हुन नदिन नेपाल विद्युत प्राधिकरणको विशेष तयारी

काठमाडौँ: नेपाल विद्युत प्राधिकरणले तिहार तथा छठ पर्वका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत आपूर्ति सुनिश्चित गर्न विशेष तयारी गरेको छ। उज्यालोको पर्व तिहारमा विद्युत...

जाइकाले सुरु गर्‍यो वीपी राजमार्गको पुनर्निर्माण

काभ्रेपलाञ्चोक: प्राकृतिक विपदबाट क्षतिग्रस्त वीपी राजमार्गको सिन्धुली बर्षेखोला–पिप्ले सडकखण्डमा जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)ले पुनःनिर्माणको काम सुरु गरेको छ। सो खण्डसँगै...

२८ उजुरीमाथिको सुनुवाइपछि सर्वोच्चमा सिफारिस चारै न्यायाधीशको नाम स्वीकृत

काठमाडौँ: सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका चारै जनाको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ। सिंहदरबारमा शनिबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित...

जलविद्युत् र चिसो हावापानी उपयोग गरेर नेपालमा एआई डाटा सेन्टर बनाउन सकिने

काठमाडौं। जलविद्युत् उत्पादनको सम्भावना र चिसो हावापानीलाई उपयोग गरेर नेपालले कृत्रिम बौद्धिकता (एआई) का लागि आवश्यक डाटा सेन्टर विकास गर्न सक्ने विज्ञहरूले बताएका छन्। विश्वव्यापी रूपमा...

लक्ष्मीपूजामा विद्युतको माग १७०० मेगावाट पुग्ने

प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिन साँझ विद्युतको अधिकतम माग करीब १ हजार ७०० मेगावाट पुग्ने र उत्पादन भने २ हजार ५०० मेगावाट हुने अनुमान छ।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना