२०८३ साउन १३ गते बुधबार

पालमा बसेका भूकम्पपीडितको स्वास्थ्यप्रति संवेदनशील बन्न ‘जनिस’को ध्यानाकर्षण

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर १२
tripal

काठमाडौँ- भूकम्पपीडितहरूको स्वास्थ्यप्रति संवेदनशील बन्न मानवअधिकारवादी संस्था जवाफदेहिता निगारनी समिति (जनिस)ले सरकारलाई ध्यानाकर्षण गराएको छ। मंगलबार विज्ञप्ति जारी गर्दै जनिसका संयोजनक चरण प्रसाईंले पालमा बसेका सुत्केरी, वृद्धवृद्धा र बालबालिकाको मृत्यु हुने क्रम बढेको भन्दै गम्भीर बन्न सरकारलाई आग्रह गरेको हो। जनिसका अनुसार चिसोका कारण हालसम्म एक जना सुत्केरी शर्मिला चदरासमेत गरी ११ जनाको मृत्यु भइसकेको छ।

कार्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्र बनाएर गएको ६.४ म्याग्निच्युडको भूकम्पबाट १५४ जनाको मृत्यु भएको र त्यस प्राकृतिक प्रकोपबाट ज्यान बचाउन सफल नागरिक पनि मृत्युको मुखमा परिरहेकोप्रति जनिसले खेद व्यक्त गरेको छ। उक्त भूकम्पले ६२ हजारभन्दा बढी घरमा क्षति पुर्‍याएकाले ती घरमा बस्दै आएका परिवारहरू अहिले त्रिपालमुनि छन्। जाजरकोटमा १ हजा ७६ सुत्केरीले त्रिपालमुनि नै छन्।

‘राज्यको कमजोर व्यवस्थापन तथा संवेदनाविहीन उद्धार रणनीतिका कारण बाँच्न पाउने संवैधानिक हकबाट भूकम्पपीडित बञ्चित हुनु दुःखद एवं निन्दनीय छ,’ जनिसको विज्ञप्तिमा भनिएको छ, ‘सुत्केरी तथा कमजोर शारीरिक स्थितिमा रहेका नागरिकका लागि समुचित व्यवस्था नहुँदा राज्यको सर्वोच्च तथा शक्तिशाली पदमा रहेका व्यक्तिहरूले त्यहाँ गरेका बाक्लो भ्रमणको औचित्यमाथि गम्भीर प्रश्न उठेको छ।’

भूकम्पपछि प्रभावित क्षेत्रमा हेलिकोप्टर उडाउन सम्माननीयहरूको लर्को लागे पनि पीडितको बाँच्न पाउने हकप्रति सरकार गम्भीर नभएको जनिसको आरोप छ। भूकम्पपछि राष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू तथा सांसदलगायतले प्रभावित क्षेत्रमा हेलिकोप्टर शयर गरेका थिए। उनीहरूले गरेको उक्त भ्रमण प्रभावकारी नहुने बरु विशिष्ट व्यक्तिको सुरक्षामा ध्यान दिँदा राहत र उद्धारकार्य प्रभावित हुने भन्दै ‘प्रकोप पर्यटन’को संज्ञा दिएर सामाजिक सञ्जालमा व्यंग्य गरिएको थियो।

‘चिसोका कारण भूकम्पपीडितको मृत्यु भएको दुःखद घटनाले नेपालको संविधानले प्रत्याभूत गरेका बाँच्न पाउने, आवास, स्वास्थ्य, बालबालिका, जेष्ठ नागरिकका साथै सामाजिक सुरक्षाका हक लगायतका मौलिक हक तथा विद्यमान राष्ट्रिय कानून र संयुक्त राष्ट्रसंघको मानवअधिकारको विश्वव्यापी घोषणापत्र, नेपाल पक्षराष्ट्र रहेका आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी महासन्धि, बालबालिका सम्बन्धी महासन्धि एवं पीडितको पर्याप्त मानवीय सहायता पाउने अधिकार समेतको उल्लंघन गरेकोमा निगरानी समिति खेद प्रकट गर्दछ,’ प्रसाईंले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

भूकम्पप्रभावितहरूलाई तत्काल न्यानो र सुरक्षा साथ बस्ने तथा उपयुक्त खाद्य व्यवस्थासहितको मानवीय सहायताको प्रत्याभूति गरी राज्यले तिनको पीडालाई आत्मसात गरेको अनुभूति दिन जनिसले सरकारसँग माग गरेको छ।

जाजरकोटमा १ हजार ७६ सुत्केरी त्रिपालमुनि, यस्तो छ पालिकागत विवरण

प्रकाशित: २०८० मङ्सिर १२ गते मङ्गलबार ०७:०३
प्रतिक्रिया

थप समाचार

आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति

काठमाडौँ:  आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति भएको छ। वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि उत्पन्न विवादपछि चिकित्सकहरू आन्दोलनमा उत्रिएका थिए। बुधबार...

सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप

काठमाडौँ: सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप गरेको छ। गृह मन्त्रालयले आज सचिवस्तरीय निर्णय गर्दै समितिमा ब्यालिस्टिक र फरेन्सिक हेर्ने गरी प्रहरी...

५ बुँदे मागसहित लघुवित्त पीडितहरू दुई दिनदेखि आमरण अनसनमा

काठमाडौँ: लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति, नेपालले सञ्चालन गरिरहेको लघुवित्त पीडितहरूको सामूहिक आमरण अनशन दोस्रो दिनमा पुगेको छ। काठमाडौँकाे माइतीघरमा जारी आन्दोलनमार्फत...

९ वटा विधेयक संसद्‌मा पेस गर्न स्वीकृति दिने मन्त्रिपरिषद्को निर्णय, कुन–कुन?

काठमाडौँ: सरकारले ९ वटा विधेयक सङ्घीय संसद् समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको...

बैंकिङ कसुर मुद्दामा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत रश्मी पन्त पक्राउ

काठमाडौँः बैंकिङ कसुरसम्बन्धी मुद्दामा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत (सीबीओ) रश्मी पन्त पक्राउ परेकी छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कर्जा प्रवाहमा भएको अनियमिततासम्बन्धी...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना