२०८३ साउन १३ गते बुधबार

मनाङ लिगको शीर्षस्थानमा, रोकिए जावलाखेल र खुमलटार

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, चैत २४
manang marshyangdi football club
मनाङ मर्स्याङ्दी क्लब।

काठमाडौं – सहिद स्मारक ए डिभिजन लिगको शुक्रबार सम्पन्न खेलमा फ्रेन्ड्स क्लबलाई २–० ले हराउँदै मनाङ मस्र्याङ्दी क्लब लिग तालिकाको शीर्षस्थानमा पुगेको छ। अपराजित रहे पनि यसअघि शीर्षस्थान पुग्न नसकेको मनाङ सहज जितसँगै लिगलिडर बनेको हो।

शीर्षस्थानमा पुर्याउन मनाङका कोफी टिमोथीले दुवै गोल गरे। पहिलो हाफका ३४ औं मिनेटमा अग्रता दिलाएका टिमोथीले ५२ औं मिनेटमा अग्रतालाई २–० मा पुर्याएका थिए। त्यसपछि थप अवसर सिर्जना भए पनि उसले गोल गर्न भने सकेन।

यो जितसँगै १४ अंक बनाएको मनाङले शीर्षस्थानमा जावलाखेलसँग बराबरी गरेको छ। पराजित फ्रेन्ड्स क्लब भने तालिकाको १२ औं स्थानमा छ।

यसअघि शीर्षस्थानमा रहेको जावलाखेलले भने खुमलटार फुटबल क्लबसँग २–२ को बराबरी गरेको छ। सातदोबाटोमा सम्पन्न निकै रोमाञ्चक खेलको ३२ औं मिनेटमा एनकोटो मोसाबीले गोल गर्दै जावलाखेललाई अग्रता दिलाएका थिए।
त्यस्तै, ३५ औं मिनेटमा खुमलटारका अभिषेक लिम्बुले खेललाई १–१ को बराबरीमा पुर्याए।

जावलाखेल फुटबल टिम

दोस्रो हाफको ६३ औं मिनेटमा मेसुके ओलुमेउले खुमलटारलाई अग्रता दिलाए पनि निर्धारित समय सकिनुभन्दा चार मिनेट अघि फोडे फोफानाले गोल गर्दै खेललाई पुनः बराबरीमा ल्याए।

यो बराबरीपछि जावलाखेलले शीर्षस्थानको मनाङसँग अंक बराबरी गरे पनि गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ। यता खुमलटार भने सात अंकका साथ नवौं स्थानमा छ।

ए डिभिजन लिगमा भोलि हिमालयन शेर्पा क्लबल र न्यु रोड टिमले एन्फा कम्प्लेक्समा खेल्नेछन्। त्यस्तै, अर्को खेलमा संकटाले मछिन्द्रको सामना गर्नेछ। यि दुवै खेल दिउँसो २ बजे सुरु हुनेछ। शनिबार साँझ दशरथ रंगशालामा हुने तेस्रो खेलमा भने सातदोबाटो युवा क्लबले आर्मीसँग खेल्ने तालिका छ।

प्रकाशित: २०७९ चैत २४ गते शुक्रबार ०५:२३
प्रतिक्रिया

थप समाचार

ए डिभिजन लिगमा खुमलटारलाई एपिएफले हरायो

काठमाडौं – सहिद स्मारक ए डिभिजन लिगमा सोमबार खुमलटार फुटबल क्लबले विभागीय टोली एपीएफ क्लबले हराएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा एपिएफले खुमलटारलाई २–० ले हराएको हो। एपीएफको...

फ्रेन्ड्सको आधा दर्जन गोल, थ्रिस्टार र चर्च बोइजले गोल गर्न सकेनन्

काठमाडौं – सहिद स्मारक ए डिभिजन लिगमा सोमबार दिउँसो सम्पन्न खेलमा थ्रिस्टार क्लबले चर्च बोइज क्लबसँग गोलरहित बराबरी खेलेको छ। च्यासल रंगशालामा सम्पन्न खेलमा थ्रिस्टार र च्यासलले गोल गर्न...

३-३ को बराबरीपछि आर्मी असन्तुष्ट, सातदोबाटो सन्तुष्ट

काठमाडौँ- दशरथ रंगशालामा आइतबार साँझ त्रिभुवन आर्मी क्लबले सातदोबाटो युथ क्लबबीचको खेल रोमाञ्चक बन्यो। अन्तिम नतिजामा ३-३ को बराबरी भएपनि आर्मीले तीनै पटकको अग्रता पनि जोगाउन सकेन। ‘मुख्यतः...

प्रशिक्षक केसीको पहिलो खेलमा मछिन्द्रको जित, मैदानमै ढले छिरिङ

काठमाडौं– आइतबार दिउँसो दशरथ रंगशालामा भएको मछिन्द्र क्लब र संकटा बीचको खेलको स्कोर थियो, १–१। पहिलो खेलको १९ औं मिनेटमा मछिन्द्रका विमल घर्ती मगर र २१ औ मिनेटमा संकटाका मनिष डाँगीले गोल गरेका...

चेन्चोको डेब्यूमा हारबाट जोगियो मछिन्द्र

काठमाडौं– भुटानी रोनाल्डो उपनामले चर्चित चेन्चो ग्याल्छेनले मछिन्द्र क्लबबाट सहिद स्मारक ए डिभिजन लिगमा डेब्यू गरेका छन्। सातादोबाटोको एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा आज(बिहीबार) भएको...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना