काटमाडौं- नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै बढी हुन पुगेको । गत सोमबार देखि लगातार बढिरहेको सुनको मूल्यले नयाँ रेकर्ड बनाउँदै बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज बुधबार पनि सुनको मूल्य बढेर नयाँ रेकर्ड बनेको छ । बुधबार प्रतितोला एक लाख १९ हजार ३०० रुपैयाँमा सुनको कारोबार भएको महासंघले जनाएको छ ।
यसअघि गत मंगलबार प्रतितोला एक लाख १७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा असर परेको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बुधबार प्रतिऔंस २०४७ डलर हाराहारीमा पुगेको छ ।


